News

Jan 26, 2013

गायक राजु आङदेम्बेको एकल साँझ आउने फेब्रुअरी ३ मा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/रविन लिङदेन,हङकङ,२२ जनवरी 
लिम्बु भाषा तथा नेपाली लोक भाकामा स्थापित गायक राजु आङदेम्बेको एकल साँझ हङकङमा हुने भएको छ । सोह्र वर्ष पहिले देखि गायन क्षेत्रमा लागेका गायक आङदेम्वेको पहिलो एकल साँझ यहि फेब्रुअरी ३ मा हुने कार्यक्रम आयोजकले पत्रकार सम्मेलन मार्फत हङकङका स्थानिय पत्रकारहरुलाई जानकारि गराए । जोर्डन स्थित फुलबारी क्लबमा सोमबार बेलुका पत्रकार सम्मेलन गरि “राजु आङदेम्बे एकल साँझ” याउमातेइको कम्युनिटि हलमा गर्ने कार्यक्रमको आयोजक “सम्बाहाम्फे उत्थान मञ्च”का अध्यक्ष ओमराज सम्बाहाम्फेले वताए । पत्रकार सम्मेलनमा गायक आङदेम्बेले एकल साँझ कार्यक्रमकौ अवसरमा आफ्नो “कुसङ” भिसिडि विमोचन गर्ने घोषणा गरे । कुसङ भिसिडिमा तीनवटा गित हङकङमा छायाङकन भएको छ भने चारवटा गित नेपालमा छायाङकन भएको उनले जानकारी गराए । लिम्बु भाषालाई नेपाली लोक भाकामा ढालेर आफुले गाएको वताउदै आफ्नै भाषा संस्कृतीलाई संरक्षण गर्न करिव चार दर्जन जति लिम्बु भाषाको गित र दुइ दर्जन नेपाली गित गाएको वताए । आफ्नो आमाको संझनामा वि सं. २०५२ सालमा पहिलो एल्वम सीमेरिङ श्रोता सामु ल्याएको गायक आङदेम्बेले वताए । तीन वर्ष अघि हङकङ आएका गायक आङदेम्बे नेपालमा हुदाँ भलिबल खेलको राष्ट्रिय खेलाडी थिए । खेल जिवनमा उनी राजकुमार नामले चिनिएका थिए । पढाइ, खेल र गायन क्षेत्रलाई संगै लिएर आएका आङदेम्बेले अहिले गायन क्षेत्र तथा पढाइलाई आफ्नो भविश्य वनाउने क्रममा अघि बड्दै छन् । यतिवेला उनि आफ्नो गितको भिडियो वनाउनमा ब्यस्त छन् । उनले वि सं. २०५२ सालमा सीमेरिङ, ५४–५५ सालमा लाङयोक, ५५–५६मा सिलाम साक्मा, ५७मा रानिगाउ, ५८–५९मा हाक्पारे पालाम, ६० सालमा मना, ६३ सालमा साक्मा, दुई वर्ष अगाडी कथा जिन्दगी लगायत झण्डै एक दर्जन जति एलवम वजारमा ल्याइसकेका छन् । कार्यक्रम प्रायोजकहरुमा पान्थर मञ्च हङकङ, पापोहाङ लाओली सयङ हङकङ, किराय याक्थुङ चुम्लुङ साँस्कृतीक विभाग हङकङ, तेह्रथुम हङकङ मञ्च, वनेम परिवार हङकङ ले गरेको छ भने संतीत संयोजन दिनेश शुब्बा, हिमायलन टोन्स हङकङ रहेका छन् । आफनो चिनारीको लागि एकल साँझको आयोजक गरेकोमा “सम्बाहाम्फे उत्थान मञ्च” र मञ्चका अध्यक्ष ओमराज सम्बाहाम्फेलाई पत्रकार सम्मेलन मार्फत गायक आङदेम्बेले धन्यवाद दिए । पान्थरको आङस्राङमा जन्मिएका गायक आङदेम्बेको मावली सम्वाहाम्फे हो ।

No comments: