News

Apr 9, 2013

सरकारले आज पूर्ण आकारको बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले आज आर्थिक वर्ष २०६९/७० को लागि पूर्ण आकारको बजेट ल्याउने भएको छ । सरकारले वार्षिक बजेट स्वरुप रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको बताइएको छ । आज सार्वजनिक हुने बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ । सरकारले आगामी संविधानसभाको निर्वाचन र नियमित खर्च चलाउनका लागि रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए । बजेटमा कुनै नयाँ कार्यक्रम र नीति भने नसमेटिने बताइएको छ । यस पटक ल्याउन लागिएको बजेटमा अरू कुनै नयाँ योजना र कार्यक्रम नरहे पनि निर्वाचनलाई भने केन्द्रित गरिने समेत बताइएको छ । यसअघि राजनीतिक सहमति जुट्न नसक्दा दुई पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत चालु आवको खर्च चलाएको थियो।

अकुपाई बालुवाटारबाट १२ अभियन्ता नियन्त्रणमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
महिला हिसां विरुद्ध उठिरहेको आवाज सुन्नुको सट्टा सरकारले धर्नामाथी झन दमन गर्न थालेको छ । यसै क्रममा अकुपाई वालुवारटार अभियन्ताका केहीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान बालुवाटारमा धर्ना बसीरहेका १२ जना अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । १ सय ३ दिन पुगेको दिन धर्नामा बसरिहेका उनीहरुलाई त्यहाँ धर्ना बस्न नमिल्ने भन्दै प्रहरीले समातेको हो । अहिलेसम्म अभियाका लागि उनीहरुले बिहान ९ बजेदखि ११ बजेसम्म धर्ना दिदैं आएका थिए । पक्राउ पर्नेहरुमा इशान अधिकारी, जगन्नाथ लामिछाने, उज्जवल थापा, कुनदन काफ्ले, नीरप्रकस गीरी, शुशिला महर्जन, तारदेवी श्रेष्ठ, विक्रम थारु लगायत १२ जना पक्राउ परेको जनाइएको छ ।

Apr 6, 2013

सर्वोच्च अदालत परिसरभित्र मोबाइल लैजान नपाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आगामी वैखाख २ गतेबाट सर्वोच्च अदालत परिसरभित्र कसैले पनि मोबाइललगायत तस्वीर र आवाज रेकर्ड गर्ने उपकरण लैजान नपाउने भएका छन् । अदालत परिसरभित्र अनुमति बेगर तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरणहरु गलत कार्यका लागि प्रयोग गरेको पाइएकोले सर्वोच्च अदालतले त्यस्तो सामग्रीलाई प्रतिबन्ध लगाउन लागेको हो । मोबाइल फोन, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका तस्वीर तथा स्वर रेकर्ड गर्ने उपकरणहरु अदालतका सेवाग्राहीले अदालतको मुल गेटमा नै राखेर अदालत परिसरमा प्रवेश गर्नुपर्ने छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता युवराज सुवेदीले इजलासको अगाडी बहस गर्ने ठाउँमा खिचाएको फोटो फेसबुक मार्फत सार्वजनिक भएपछि आइन्दा अदालत हाताभित्र मोबाइल फोनसमेत लैजान प्रतिबन्ध लगाउन लागिएको हो । अदालत आउने सेवाग्राहीले आफ्नो मोबाइललगायतका उपकरणलाई मुल गेटमा रहेका सुरक्षाकर्मीको जिम्मा लगाउने र फर्केपछि आफ्ना उपकरण लिएर जाने व्यवस्था गरिएको छ ।

अफगानिस्तानको अदालतमा इजलासमै आक्रमण, ७४ को मृत्‍यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अफगानिस्तानको एक अदालतमा सुनुवाई भइरहेको अदालतमा बिस्फोट भएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको राजधानीस्थित एक अदालतमा सुनुवाई भइरहेको इजलासमै तालिवान लडाकूले आक्रमण गर्दा ७४ जना मारिएका सञ्चार माध्यमहरुले जनाएका छन् । आक्रमणमा ५३ जना सर्वसाधारण, १२ सुरक्षाकर्मी र ९ लडाकू मारिएको समाचार संस्था एपीले जनाएको छ । ९० जनाभन्दा बढी घाइते भएको बताइएको छ । इरानी सिमाना नजिकैको उक्त शहरमा तालिवान लडाकुविरुद्धको मुद्दामा सुनुवाई भइरहेका बेला अदालतमै लडाकूले आत्मघाती आक्रमण गरेका हुन् । आक्रमणको जिम्मेवारी तालिवानले लिएको छ ।

मोबाइलमा फेसबुक चलाउनेका लागि नयाँ एप्स

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
स्मार्टफोनमा फेसबुक प्रयोग गर्ने आफ्ना प्रयोगकर्ताको लागि फेसबुकले नयाँ सफ्टवेयर सार्वजनिक गरेको छ । गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टमबाट चल्ने स्मार्टफोनमा फेसबुक प्रयोगकर्ताले अब फेसबुकको प्रयोग गर्दा झनै सजिलो महसुस गर्न पाउनेछन् । होम नामको यो सफ्टवेयरले समाजिक संजालको फीडलाई सिधै तपाईको एन्ड्रोयड फोनको होप पेजमा पठाउनेछ । यो सफ्टवेयर एन्ड्रोयड अपरेटिङ सिस्टमका लागि एक ‘र्‍यापर’ को जस्तो काम गर्छ र फोनको प्रयोगका मूख्य बाटो बन्छ । सूचना, तस्वीर र सन्देश फोनको मूख्य स्क्रीनमा देखिनेछ न कि फेसबुकको ऐपको माध्यमबाट । फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो परिर्वतनले मोबाइल प्रयोगकर्ताको केन्द्रमा ऐपको स्थानमा मानिस आउने बताएका छन् । फोन ऐप कम्प्युटर वल्र्डको विरासत भएको उनको भनाई छ । होम सफ्टवेयरले फेसबुक फेसबुकको सबै कन्टेन्ट र च्याट फोनको होम स्क्रीनमा देखाउनेछ । यो सफ्टवेयर गुगल प्ले स्टोरको माध्यमबाट डाउन लोड गर्न सकिनेछ । फेसबुकको यो होम सफ्टवेयर १२ अपि्रलबाट ५ प्रकारका फोनमा उपलब्ध हुनेछ, जसमा एचटीसीका २ र सामसुङको तीन खाले स्मार्टफोन छन् ।

उत्तर कोरियाले युद्धको घोषणा गर्यो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
उत्तर कोरियाले अमेरिकामाथि हमाला गर्न सेनालाई स्वीकृत दिएको छ । उत्तर कोरियाले परमाणु हमला गर्न सेनालाई स्वीकृती दिएको त्यहाँको सरकारी समाचार संस्थालाई उद्घृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएका छन् । अमेरिकाले पश्चिमी प्रशान्त महासागर स्थित आफ्नो गुआम द्विपमा अत्याधुनिक मिसाइल रक्षा प्रणाली राख्ने निर्णय गरेपछि त्यसको जवाफ स्वरुप उत्तरकोरियाले तत्काल आणविक हमलाको प्रस्ताव अनुमोदन गरेको हो । अमेरिकाको शत्रुतापूर्ण व्यवहारले गर्दा आणविक हमलामा जानु परेको उत्तर कोरियाली सेनाका प्रमुखले विज्ञप्ती निकालेर यसको जानकारी गराएका हुन् । उत्तर कोरियाले एक दुई दिन भित्रमै अमेरिकाको मुख्य भूमिमा आक्रमण गर्ने चेतावनी दिएको छ ।

धरानमा काठमाडौँ इन्टरनेशनल माउण्टेन फिल्म फेस्टीभल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हिमाल एसोसिएसनको आयोजनामा धरानमा दुई दिने काठमाण्डौ इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टीभल सम्पन्न भएको छ । धरान–१० स्थित सैनिक भवनमा भएको फिल्म प्रदर्शनीमा हालै काठमाण्डौमा आयोजित फेस्टीभलमा उत्कृष्ट १० वृत्तचित्रहरु दर्शकले अत्यन्त मन पराएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक बसन्त थापाले बताए । निर्देशक थापाले भने, ‘चलिचित्रले शिक्षा र ज्ञान पनि दिन्छ । सर्वसाधारणले वृत्तचित्र मार्फत बुझुन् भनेर घुम्ती किम्फलाई धरानमा पनि प्रदर्शन गरिएको हो ।’ उद्घाटन शत्रमा पत्रकार केसाङ छेतेनले मिहिनेत गरेर बनाएको लाहुरे बन्ने र बनाउने प्रकृयालाई ७५ मिनेटको वृत्तचित्र हु वीलवी गोर्खा प्रदर्शन गरिएको थियो । सो वृत्तचित्रले पोखरामा हुने गोर्खा भर्ती छनौट प्रकृयालाई जस्ताको तस्तै उतारेर देखाएपछि धेरै प्रश्नहरु दर्शकको मनमा उव्जाएका पनि छन् । मुलुक भरीबाट १० औं हजारले गोर्खा भर्तीका लागि फर्म भरेर प्रतिश्पर्धामा उत्रन्छन् तर अन्तिम समयमा बढीमा २ सय जनामात्र पास हुन्छन् । वृत्तचित्रका फरक बारे भने, ‘कथानक चलचित्रको अगाडि नै पटकथा लेखिएको आधारमा नायक नायिका अभिनेताहरुले अभिनय गर्छन् तर यस्ता वृत्तचित्रमा त्यस्तो हुन्न, बास्तविकता मात्र हुन्छ । जसबाट दर्शकले ज्ञान लिन्छन् ।’ धरानको प्रदर्शनीमा मीनबहादुर बमको निर्देशनमा तयार १८ मिनेटको बासुली, आलोक घिमिरेद्धारा निर्देति ९ मिनेटको एक्सटिङ्क्ट, असीम चित्रकारको ११ मिनेटको हरि, रमेश खड्काको क्याडामान्डु, लालु बोहरा र मीना परियारको २२ मिनेटको खाट्टी सुन, सुनीता नेपाली, बिन्दु विक र बीना विकको अन्टिल वेन लगायत वृत्तचित्र प्रदर्शन भएको थियो ।