News

Apr 9, 2013

सरकारले आज पूर्ण आकारको बजेट ल्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
सरकारले आज आर्थिक वर्ष २०६९/७० को लागि पूर्ण आकारको बजेट ल्याउने भएको छ । सरकारले वार्षिक बजेट स्वरुप रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको बताइएको छ । आज सार्वजनिक हुने बजेटमा विनियोजन, आर्थिक र राष्ट्र ऋण उठाउने अध्यादेश समावेश हुने बताइएको छ । सरकारले आगामी संविधानसभाको निर्वाचन र नियमित खर्च चलाउनका लागि रु चार खर्बभन्दा माथिको बजेट ल्याउन लागेको अर्थ मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद देवकोटाले बताए । बजेटमा कुनै नयाँ कार्यक्रम र नीति भने नसमेटिने बताइएको छ । यस पटक ल्याउन लागिएको बजेटमा अरू कुनै नयाँ योजना र कार्यक्रम नरहे पनि निर्वाचनलाई भने केन्द्रित गरिने समेत बताइएको छ । यसअघि राजनीतिक सहमति जुट्न नसक्दा दुई पटक सञ्चित कोषबाट रकम झिक्ने तथा खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेशमार्फत चालु आवको खर्च चलाएको थियो।

No comments: