News

Apr 6, 2013

सर्वोच्च अदालत परिसरभित्र मोबाइल लैजान नपाइने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
आगामी वैखाख २ गतेबाट सर्वोच्च अदालत परिसरभित्र कसैले पनि मोबाइललगायत तस्वीर र आवाज रेकर्ड गर्ने उपकरण लैजान नपाउने भएका छन् । अदालत परिसरभित्र अनुमति बेगर तस्वीर तथा आवाज रेकर्ड गर्ने उपकरणहरु गलत कार्यका लागि प्रयोग गरेको पाइएकोले सर्वोच्च अदालतले त्यस्तो सामग्रीलाई प्रतिबन्ध लगाउन लागेको हो । मोबाइल फोन, क्यामरा, भिडियो क्यामरा, पेन क्यामरालगायतका तस्वीर तथा स्वर रेकर्ड गर्ने उपकरणहरु अदालतका सेवाग्राहीले अदालतको मुल गेटमा नै राखेर अदालत परिसरमा प्रवेश गर्नुपर्ने छ । स्रोतका अनुसार महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता युवराज सुवेदीले इजलासको अगाडी बहस गर्ने ठाउँमा खिचाएको फोटो फेसबुक मार्फत सार्वजनिक भएपछि आइन्दा अदालत हाताभित्र मोबाइल फोनसमेत लैजान प्रतिबन्ध लगाउन लागिएको हो । अदालत आउने सेवाग्राहीले आफ्नो मोबाइललगायतका उपकरणलाई मुल गेटमा रहेका सुरक्षाकर्मीको जिम्मा लगाउने र फर्केपछि आफ्ना उपकरण लिएर जाने व्यवस्था गरिएको छ ।

No comments: