News

Jan 22, 2008

किरात याक्थुङ चुम्लुङ यू.के.को पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णयका साथ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम
विश्वास दीप तिगेला,केन्ट, वेलायत

गत १९ जनवरीका दिन वेलायतको आसफोर्डमा किरात याक्थुङ चुम्लुङ वेलायत कमिटीको पाचौ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।


बैठकले बर्षभरि भएको कार्यप्रगतिको समिक्षा गर्नुको साथै लिम्बूवान स्वायत्त राज्य स्थापनाको निमित्त किरात याक्थुङ चुम्लुङ नेपालले संचालन गरेको लिम्बूवान जाँगरण अभियान प्रति प्रतिबद्धता जनाउदै २ हजार ४ सय पाउण्ड आर्थिक सहयोग तुरुन्त पठाउने निर्णय गर्‍यो । यो तेस्रो कार्यसमितिको कार्यअवधि पनि चाडै सकिने भएकोले नयाँ कार्यसमिति निर्माणको लागि गणेश लिम्बू र डा. चन्द्र लक्सम्बालाई निर्वाचन आयुक्त तोकेको छ । इच्छुक ब्यक्तिले उम्मेदवारीको लागि आगामी १२ अप्रिल २००८ भित्र आफ्नो नाम दर्ता गराइसक्नु पर्ने र २६ अप्रिलका दिन बाषिर्क सभाद्धारा चौथो कार्यसमितिको निर्वाचन गर्ने निर्णय गर्‍यो । त्यस्तै गरि प्रत्यक बर्षआयोजना गरिने वेलायतबासी सम्पूर्ण लिम्बू परिवारहरुको बृहत भेला आउदो १९ जुलाइका दिन सिसेक्वा तङनाम साउने संक्रान्तिको अवसरमा आसफोर्डमा सम्पन्न गर्ने पनि र्सवसम्मत निर्णय भयो ।
कमिटीका कोषाध्यक्ष श्रीमति कमला लिम्बूले गतबर्षनेपालका बाढि पीडितहरुका लागि १५ सय ५७ पाउण्ड नेपाली दुतावास लण्डनलाई प्रदान गरेको त्यस्तै गरि अल्पायूमै र्स्वारोहण हुनुभएका ड्यानिल लिम्बूको सहयोगको लागि १६ सय ५० पाउण्ड सहयोग प्रदान गरेको बताउनु भयो । वेलायतमै रहनु भएको कैलाश लिम्बूको पनि गतबर्षअसमायिक निधन भएको थियो । स्व. लिम्बूको श्रीमति युवाकुमारी लिम्बूलाई बैठककै अवसरमा वेलायत चुम्लुङका अध्यक्ष सिरीप्रसाद लिम्बूले ९ हजार ५ सय १६ पाउण्ड चुम्लुङको तर्फाट सहयोग प्रदान गर्नुभयो । चुम्लुङको तर्फाट स्वर्गिय कैलास लिम्बू र ड्यानिल लिम्बू प्रति श्रद्धान्जली ब्यक्त गर्दै भैपरि आएको बेला यसरी नै आपसी सहयोग निरन्तर हनुपर्ने बताउनु भयो र यसपटक सहयोग गर्नुहुने सबै दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
बैठकले आगामी समरको बृहत भेलाको अवसरमा नेपालबाट विभिन्न लिम्बू प्रतिभाहरुलाई ल्याई सम्मान गर्ने पनि निर्णय गर्‍यो । आगामी बाषिर्क भेलाले अनुमोदन गर्नेगरि चुम्लुङ खेलकुद म्यानेजरमा पूर्व क्याप्टेन बंमबहादुर लिम्बूलाई तोकेको छ । वेलायत चुम्लुङ भवनको खरिद गर्ने सवालमा छलफल लगायत किरात रिसर्च सेन्टरको स्थापना साथै लिम्बू लाइब्रेरीको सवालमा पनि चुम्लुङ अब तातिएको कुरा वेलायत चुम्लुङका महासचिव राजन लिम्बूले बताउनु भयो ।

No comments: