News

Mar 1, 2008

राष्ट्रलाई खण्डखण्ड पारे सबै जाति जनजातिको अस्तित्व संकटमा पर्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,दमक
विभिन्न जातीय संघसंस्थाका प्रतिनिधिहरुले राष्ट्र विखण्डन हुने कुनै पनि आन्दोलन आफूहरुलाई सह्य नहुने कुरामा जोड दिनुभएको छ । 'एक मधेश एक प्रदेश'को नाममा मधेशमा आन्दोलन भइरहेको अवस्थामा शनिबार दमकमा आयोजित एक कार्यक्रममा उनीहरुले सो कुरामा जोड दिनुभएको छ । किरात र्राई विद्यार्थी संघ झापाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन कार्यक्रममा बोल्दै उहाँहरुले संविधानसभा भाँड्न केही तत्वहरु लागिपरेको समेत आरोप लगाउनुभयो । कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य धिरेन लावतीले राष्ट्रलाई खण्डखण्ड पारे सबै जाति जनजातिको अस्तित्व संकटमा पर्ने बताउँदै उहाँले संविधानसभाको निर्वाचनबारे सचेत हुन सबै आदिवासी र जनजाति समुदायलाई आग्रह गर्नुभयो । किरात र्राई भाषा अनुसन्धान परिषद्का उप-संयोजक जितमान र्राईले नेपाललाई विभाजन हुने आन्दोलन नेपालीका निम्ति असह्य हुने चर्चा गर्दै राज्य विखण्डन हुने खालको आन्दोलनप्रति सचेत हुन आग्रह गर्नुभयो । किरात र्राई विद्यार्थी संघका महासचिव धीरेन्द्र रुम्दालीले संविधानसभा निर्वाचनप्रति सचेत रहन र्राई विद्यार्थीहरुलाई अपिल गर्नुभयो संघका केन्द्रीय सचिव दीपेनवाला र्राईको सभापतित्वमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्य भीम र्राई, किरात र्राई यायोक्खाका उपाध्यक्ष बीबी र्राई, नेपाल आदिवासी जनजाति महिला संघ झापाकी अध्यक्ष सुमित्रा वाङदेल, श्रीजङ्ग र्राई, हरिलाल देवान, लोकप्रसाद कन्दङ्वा, मेहरमान लिङदेन, कमन देवान, अर्जुन जम्लेली र्राईलगायतले बोल्नुभएको थियो ।

No comments: