News

Mar 7, 2008

अरुण सम्झौता खारेज गर्न लिम्बुवानको माग

लिम्वूवान डट व्लगस्पोट डटकम, काठमाडौँ प्रतिनिधि
लिम्बुवान सङ्घर्ष समितिले हालै सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो आयोजना सञ्चालनसम्बन्धी भएको सम्झौता तत्काल खारेज गर्न माग गरेको छ।लिम्बुवान सङ्घर्ष समितिको धरानमा बसेको तीनदिने बैठकले सरकार र भारतीय ऊर्जा निगम सतलजबीच अरुण तेस्रो सञ्चालनका लागि भएको सम्झौता लिम्बुवानवासीलाई नसोधी गरिएकाले सो सम्झौता तत्काल रद्द हुनुपर्ने निर्णय गरेको जानकारी दिएको छ।
समन्वय समितिले धरानमा बैठकले गरेको निर्णय पत्रकार माझ र्सार्वजनिक गर्दै अरुण तेस्रो आयोजना लिम्बुवानवासीको सहमति बेगर सरकारले सञ्चालन गर्ने प्रयास गरे त्यो प्रयास सफल हुन नदिने सङ्घर्ष समितिले चेतावनी दिएको छ। देश सङ्घीय स्वरुपमा रुपान्तरण हुने स्थितिमा रहेको र अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवान क्षेत्रमा पर्ने भएकाले त्यो आयोजना सञ्चालन गर्ने वा नगर्ने भन्ने कुराको निर्णय लिम्बुवानवासीको सरोकारको विषय रहेको पनि पत्रकारहरुलाई जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा लिम्बुवान सङ्घर्ष समन्वय समितिका संयोजक उत्तमसिंह थाङदेनले अरुण तेस्रो जलविद्युत आयोजना सम्बन्धी सरकार र भारतीय ऊर्जा निगम सतलजबीच भएको सम्झौता लिम्बुवानको हित विपरित रहेको टिप्पणी गर्नुभएको छ। थाङदेनले लिम्बुवान क्षेत्रको प्राकृतिक स्रोत र साधनमाथि एकात्मक राज्य सरकारले बलजफ्ती निर्णय लादन नमिल्ने तर्क अघि सार्नु हुँदै अरुण तेस्रो जलविद्युत आयोजना सञ्चालन सम्बन्धी निर्णय लिम्बुवानवासीको सहमतिबाट मात्र अघि बढ्ने जिकिर गर्नुभएको छ। सोही अवसरमा नेपाल स्वशासित लिम्बु सङ्घका केन्द्रीय अध्यक्ष केवी फुदुङले पनि अरुण तेस्रो जलविद्युत आयोजना लिम्बुवानवासीको भावना विपरित भएकाले त्यसको कार्यान्वयन गर्न दिनु भनेको लिम्बुवानवासीले आफ्नै खुट्टामा बन्चरो हान्नु सावित हुने तर्क अघि सार्नुभएको थियो।

2 comments:

samyo said...

Badhai chha limbuwanbasiharulai nayan prakarko kadam, juktiyukta birodh kadam. sadhubad chha anumati chahinchha. Aabasyakta chha yo prakarko birodhko.Aabasyakta chha arunanchhalko adhyan garnu pani.

samyo said...

Bharat ko Arunanchal ko adhyan jyadai jaruri chha.