News

Mar 3, 2008

इटहरीमा श्रीजङ्गा लिपिको साइनबोर्ड राखियो

लिम्वूवान डट व्लगस्पोट डटकम,इटहरी
किरात याक्थुङ चुम्लुङ्ग, इटहरी शाखाको अगुवाइमा त्यहाँका लिम्बुहरुले हिजो इटहरी नगरपालिकामा श्रीजङ्गा लिपिका साइनबोर्ड राखेका छन्।नागरिक समाज, बुद्धिजीवी, समाजसेवी र स्थानियबासीसहितको उपस्थितिमा चुम्लुङ्गले लिम्बु भाषामा लेखिएको साइनबोर्ड राखेको हो। सङ्घीयताको कुरा उठिरहेकाले सोको थालनीस्वरुप नगरपालिकामा लिम्बु भाषाको साइनबोर्ड राखिएको चुम्लुङ्गकी नगरअध्यक्ष उषा लिम्बुले बताउनुभयो। सरकारी कार्यालयमा श्रीजङ्गा लिपिका बोर्ड राख्ने अभियान नै चलाउने योजना रहेको जानकारी पनि उहाँले दिनुभयो। यसअघि धरानका केही सरकारी कार्यालयमा श्रीजङ्गा (लिम्बु) भाषाका साइनबोर्ड राखिसकिएको छ।

No comments: