News

Mar 27, 2008

होस्टेमा हैँसे -हङकङेली कविहरुको कविता वाचन

लिम्वूवान डट व्लगस्पोट डटकम,प्रदीप कन्दङवा,हङकङ 2008/03/27
हङकङ पनसेटिया प्राइमरी स्कुलको आयोजनामा ‘तपाईंहरुको होस्टेमा हाम्रो हैंसे’ शीर्षकमा कविता वाचनको कार्यक्रम सम्पन्न भएको छ । सो शीर्षकअन्तर्गत चर्चित कवि हाङयुग अज्ञातका चार कवितासहित अन्य हङकङेली कविहरुको कविता वाचन गरिने भनिएजस्तै स्कुलमा नै कविता वाचन गरिएको थियो । महावाणिज्यदूत केशव प्रसाद भट्टराई प्रमुख अतिथि रहेका उक्त कार्यक्रममा भक्त बहादुर दुरा सभापति, विशेष अतिथिमा हाङयुग अज्ञात र नेपाल एअरलाइन्सको हङकङ शाखा प्रमुख शान्ता बस्नेत थिईन् ।
पनसेटिया प्राइमरी स्कुलका सुपरभाइजर गणेश इजमले कार्यक्रम सञ्चालन गरेका थिए । ज्यादाजसो स्रष्टाहरु काममा व्यस्त हुने दिन परे तापनि कार्यक्रममा र्सजकहरुको राम्रै उपस्थिति रहेको थियो । कविता वाचन गर्नेहरुमा हाङयुग अज्ञात, देश सुब्बा, शरण सुब्बा, कमल पौड्याल, प्रदीप कन्दङवा, नरेश सुनुवार, टँक सम्वाहाम्फे, भोगेन एक्ले, लक्ष्मी राई, मोती चाम्लिङ, अशोक राई, डी.बी. पालुङ्वा, भूपेन्द्र चेम्जोङ, आकाश राई, गणेश इजम आदिले आआफ्ना कविताहरु पाठ गरेका थिए । केही अघिदेखि विक्रि वितरण गरिएको राफल चिट्ठाको लक्की-ड्र पनि सोही अवसरमा खोलिएको थियो, जसको नतिजा महावाणिज्यदूत केशव प्रसाद भट्टराईको हातबाट प्रकाशित गरिएको थियो ।
कविता वाचनका कार्यक्रमहरु कुनै साहित्यिक सँघसँस्थाले नै आयोजना गर्नुपर्दछ भन्ने पुरानो सोँचलाई परिमार्जन गर्दै विगत केही महिनाअगाडि कँगन रेष्टुरेन्टले आयोजना गरेको कविता वाचन कार्यक्रमको जस्तो प्रकृयालाई पनसेटिया प्राइमेरी स्कूलले निरन्तरता दिएकोलाई हङकङेली नेपाली साहित्य क्षेत्रमा अति नै राम्रो रुपमा हेरिएको छ । यस्तो प्रकृयामा हनेसाले विकसित रुप लिने सम्भावना स्पष्ट भएको छ, तर कविता वाचनमा वाचन गरिने कविताहरुमाथि तत् पश्चात् विचार विमर्श गरिने, वा त्यहाँ वाचन गरिएका कविताहरुमा उत्कृष्ठता छान्ने वा वाचनमा आएका कविताहरुलाई नै प्रतियोगिताको स्वरुपमा हेरिने गरे कविहरुका सिर्जनात्मकताको विकास हुने विश्वास गर्न सकिन्छ र यसरी नै सही अर्थमा हनेसा(हङकङ नेपाली साहित्य)ले उत्कृष्ठता प्राप्त गर्दछ ।
राफल चिट्ठाको लक्की-ड्र
First Prize - Ticket No -3897
2nd Prize - Ticket No- 3893
3rd Prize - Ticket No - 1386
4rth Prize - Ticket No- 2619

No comments: