News

Mar 30, 2008

माङसेबुङका विस्थापित फर्काउने सहमति

लिम्वूवान डट व्लगस्पोट डटकम,विप्लव भट्टर्राई इलाम, चैत १५
जिल्लाको बाझो गाविसस्थित किरात धामिर्कस्थल माङसेबुङबाट विस्थापित भएकालाई घर फर्काउन प्रशासन र आश्रमपक्ष सहमत भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा भएको र्सवपक्षीय बैठकमा उनीहरूलाई घर फिर्ने वातावरण बनाउन दुवै पक्षबीच शुक्रबार सहमति भएको हो ।
गत मंसिरयता ८० भन्दा बढीले भिलेज सेन्ट्री -भीसी फोर्स) को त्रासका कारण गाउ“ छाडेको अधिकारवादी संस्थाले उल्लेख गरेका छन् । छलफलमा 'किरा“त आङसी मंगेना मुहिङगुम सेवा समिति' का अध्यक्ष केहेरसिंह योङहाङले २० जना भन्दा धेरै विस्थापित घर फर्किसकेको जानकारी दिए ।
मंसिरयता सक्रिय भीसी फोर्सको नाम पछिल्ला दिनमा परिवर्तन गरिएको जानकारी दि“दै योङहाङले ज्यादतीपर्ूण्ा गतिविधि नगर्ने बताए । उनले यसअघि पनि चर्चामा आएजस्तो ज्यादतीका घटना नभएको दाबी गरे ।
योङहाङले धर्मका नाममा नराम्रा गतिविधि नदिने प्रतिबद्धता जनाए । भीसी फोर्स त्यहा“को विकास निर्माणलगायत सकारात्मक कामका लागि गठन गरिएको भए पनि व्यापक विरोध आएपछि नाम परिवर्तन गरी विश्व मानव एकता सुधार समिति राखिएको बताए ।
निषेधाज्ञा लगाउनेजस्ता कार्य बन्द गरिएको र आफूहरूस“ग खुकुरी बाहेकका हतियार नरहेको उनीहरूको दाबी छ । कम्ब्याट पोसाकमा यसअघि हतियारसहित भीसी फोर्सले गस्ती गर्ने गरेको समाचार बाहिर आएको थियो । योङहाङले भने विभिन्न लान्छना लगाएर धर्म गुरु र धार्मिकस्थललाई बदनाम गराउन पहल भइरहेको दाबी गरे ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद घिमिरेले धार्मिकस्थलमा शान्त वातावरण बनाउन आग्रह गरेका छन् । 'पहिलोपटक उनीहरूस“ग बसेर छलफल भएको छ, कमीकमजोरी सुधार्ने सहमति भएको छ,' उनले भने । घिमिरेले अवैधरूपमा हतियार भएको भए कानुनबमोजिम कारबाही हुने स्पष्ट गरे ।
छलफलमा धार्मिकस्थलका विभिन्न समस्याबारे जानकारी गराइएको थियो । शिक्षा, स्वास्थ्य, रोजगार, सञ्चार, बाटोघाटोलगायतका समस्याले माङसेवुङवासीका जनजीवन कष्टकर बनिरह“दा सरकारको ध्यान नगएको उनीहरूको दुःखेसो छ । धर्मगुरुको शरणमा बसोवास गर्नेेहरू १० हजारको हाराहारीमा रहेको बताइन्छ ।

No comments: