News

Mar 12, 2008

मलेसियामा सञ्चारकर्मीहरुबीच अन्तर्क्रिया

नेत्रबिक्रम बिमली, क्वालालम्पुर, मलेसिया / लिम्वूवान डट व्लगस्पोट डटकम
नेपाल मलाया खबर डट कमको आयोजनामा मार्च १२ तारिखका साँझ लोजीना रेष्टुरेण्टमा पत्रकार भेटघाट तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पत्रकार तथा विभिन्न क्षेत्रका क्रियाशिल संचारकर्मीहरुकोहरुको उपस्थिती रहेको थियो। नेपाल मलाया खबर डट कम का प्रधान सम्पादक रुसाहाङ
चेम्जोङको सभापतित्वमा संचालित कार्यक्रममा खबरका निर्देशक जीतमान इम्बुङ लिम्बूले उपस्थित पत्रकारहरुलाई स्वागत गर्दै एकजुट भई अगाडि बढन अनुरोध गर्नुभयो भने कार्यक्रमको संचालन खबरका सम्पादकले गर्नु भएको थियो। सभापति चेम्जोङबाट भेटघाट तथा अर्न्तक्रिया कार्यक्रमको बारेमा जानकारी भए पछि खबरले उठाएका विषयबस्तुमा पत्रकारहरुले लामो छलफल चलाएका थिए। उक्त छलफल कार्यक्रममा श्री अभिलेख साप्ताहिक, श्रम साप्ताहिक, द पृष्ठभूमि साप्ताहिक, हाम्रो आवाज साप्ताहिक, जनजाति आवाज साप्ताहिक, सोल्टिनी डट कम, नेपाल मलाया खबर डट कम साथै स्वतन्त्र पत्रकारहरुको उपस्थिति रहेका थिए। अर्न्तक्रिया कार्यक्रममा मलेसियामा रहेका सबै पत्रकारहरु एकजुट भएर अगाडि बढ्ने प्रतिवद्धताका साथ वृहत पत्रकार भेलाका लागि आयोजक समितिको गठन गरेको छ। गठित ओयोजक समितिका संयोजक रामचन्द्र गिरी हुनुहुन्छ भने सदस्यहरुमा कोपिला गौतम “पण्डित”, डिकेश भट्टराई, रुसाहाङ चेम्जोङ, सुनिल चालिसे, सुन्दर आले, नविन गुरुङ, श्रीमान छन्त्याल, खुम राना मगर रहनुभएको छ। अर्न्तक्रिया कार्यक्रममा विगत पांच महिना अगाडि गठित नेपाल पत्रकार माहासंघ तदर्थ समितिको बारेमा पनि विस्तृत छलफल भएको थियो। ५ महिना सम्ममा पनि महासंघले कुनै बैधानिकता नपाउनु र महासंघमा रहेका पदाधिकारीहरु स्वंयले आफू पत्रकार नभएको र आफूलाई कसरी महासंघमा राखियो
भन्ने जस्ता कुरा मिडियाहरुबाट आएपछि महासंघकै बैधानिकताप्रति शंका उब्जिएको छ। छलफल कार्यक्रममा विभिन्न क्षेत्रका संचारककर्मीहरु रुसाहाङ चेम्जोङ, विनु लामा, रामचन्द्र गिरी, कोपिला गौतम “पण्डित” ताराप्रसाद खत्री, सुनिल चालिसे, शिवलाल सुवेदी, जीतमान इम्बुङ लिम्बू, नविन गुरुङ, खुम राना मगर, श्रीमान छन्त्याल, खगेन्द्र सारु मगर, डिकेश भट्टराई, सुन्दर आले, नेत्रबिक्रम बिमली उपस्थित रहेका थिए। नवगठित वृहत पत्रकार भेला आयोजक समितिले यहि मार्च २२ तारिखका दिन नेपाली सामाजिक केन्द्रमा मलेसियामा रहेका सम्पूर्ण संचारकर्मीहरुलाई उपस्थित गराउने भएको छ।

No comments: