News

Apr 6, 2013

धरानमा काठमाडौँ इन्टरनेशनल माउण्टेन फिल्म फेस्टीभल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
हिमाल एसोसिएसनको आयोजनामा धरानमा दुई दिने काठमाण्डौ इन्टरनेश्नल माउण्टेन फिल्म फेस्टीभल सम्पन्न भएको छ । धरान–१० स्थित सैनिक भवनमा भएको फिल्म प्रदर्शनीमा हालै काठमाण्डौमा आयोजित फेस्टीभलमा उत्कृष्ट १० वृत्तचित्रहरु दर्शकले अत्यन्त मन पराएको आयोजक हिमाल एसोसिएसनका कार्यकारी निर्देशक बसन्त थापाले बताए । निर्देशक थापाले भने, ‘चलिचित्रले शिक्षा र ज्ञान पनि दिन्छ । सर्वसाधारणले वृत्तचित्र मार्फत बुझुन् भनेर घुम्ती किम्फलाई धरानमा पनि प्रदर्शन गरिएको हो ।’ उद्घाटन शत्रमा पत्रकार केसाङ छेतेनले मिहिनेत गरेर बनाएको लाहुरे बन्ने र बनाउने प्रकृयालाई ७५ मिनेटको वृत्तचित्र हु वीलवी गोर्खा प्रदर्शन गरिएको थियो । सो वृत्तचित्रले पोखरामा हुने गोर्खा भर्ती छनौट प्रकृयालाई जस्ताको तस्तै उतारेर देखाएपछि धेरै प्रश्नहरु दर्शकको मनमा उव्जाएका पनि छन् । मुलुक भरीबाट १० औं हजारले गोर्खा भर्तीका लागि फर्म भरेर प्रतिश्पर्धामा उत्रन्छन् तर अन्तिम समयमा बढीमा २ सय जनामात्र पास हुन्छन् । वृत्तचित्रका फरक बारे भने, ‘कथानक चलचित्रको अगाडि नै पटकथा लेखिएको आधारमा नायक नायिका अभिनेताहरुले अभिनय गर्छन् तर यस्ता वृत्तचित्रमा त्यस्तो हुन्न, बास्तविकता मात्र हुन्छ । जसबाट दर्शकले ज्ञान लिन्छन् ।’ धरानको प्रदर्शनीमा मीनबहादुर बमको निर्देशनमा तयार १८ मिनेटको बासुली, आलोक घिमिरेद्धारा निर्देति ९ मिनेटको एक्सटिङ्क्ट, असीम चित्रकारको ११ मिनेटको हरि, रमेश खड्काको क्याडामान्डु, लालु बोहरा र मीना परियारको २२ मिनेटको खाट्टी सुन, सुनीता नेपाली, बिन्दु विक र बीना विकको अन्टिल वेन लगायत वृत्तचित्र प्रदर्शन भएको थियो ।

No comments: