News

Apr 20, 2013

एप्पलको ताज खोसियो, अब दोश्रो मूल्यवान कम्पनी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
संसारको सबैभन्दा मूल्यवान कम्पनीको रुपमा रहेको एप्पलको ताज खोसिएको छ । एप्पलको शेयरको भाउ ओरालो लाग्ने क्रममा १८ महिनामा सबैभन्दा तल झरेपछि एप्पल संसारको सबैभन्दा मूल्यवान कम्पनीको दोश्रो स्थानमा झरेको हो । १७ अपि्रलमा एप्पलको शेयर मुल्य ५.५ प्रतिशतले घट्दै ४०२.८० डलरमा झरेको छ । जुन सन् २०११ को डिसेम्बर यता सबैभन्दा कम हो । एप्पल खस्किएपनि संसारको सबैभन्दा मूल्यवान कम्पनीको ताज एक्सोन मोबिलले पहिरिएको छ । एप्पलको बजार भाउ ३७८ अर्ब डलर रहेकोमा एक्सोनको ३८५ अर्ब डलर छ । एप्पलको खस्किँदो बजारलाई दर्शाउने गरी अघिल्लो हप्तामात्र आइफोन र आइप्याडको लागि अडियोचिप्स बनाउँदै आएको कम्पनी सिरस लोजिकले पछिल्लो समयमा अडियो चिप्सको बिक्रि घटेको र उपभोक्ताले एप्पलका सामान भन्दै अरु नै नयाँ सामानप्रति आकषिर्त भएको बताएको थियो । सोही टिप्पणीको नकारात्मक प्रभाव समेत मिसिँदा एप्पलको शेयर मूल्यमा भारी गिरावट आएको विश्लेषकहरु बताउँछन् । एप्पलको शेयर मूल्यमा आएको पछिल्लो गिरावट अहिलेसम्मको उच्च भाउको तुलनामा ४२.६ प्रतिशत हो । गएको सेप्टेम्बर २१ मा आइफोन ५ बजारमा आएपछि एप्पलको शेयर मुल्य अहिलेसम्मकै उच्च अर्थात् ७०५ डलर नाघेको थियो । विश्लेषकहरुले संस्थापक स्टिभ जब्सकै अवधारणा अन्तरगत अहिलेसम्म एप्पल टिक्न सकेको भन्दै अब एप्पललाई प्रतिस्पर्धामा उत्रिनका लागि गाह्रो हुने र स्वर्गीय जब्सको अभाव खडि्करहेको बताएका छन् ।

No comments: