News

Apr 9, 2013

“केःवा कोक्मा” फेरि प्रर्दशन हुने, नायिका र निर्देशकलाई सम्मानै सम्मान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं रविन लिङदेन, कल्पना तुम्रोक, 
हङकङ, ७ अप्रील,नेपाल इन्टरनेशनल इण्डिजिनस फिल्म फेस्टिवल २०१२ मा “पब्लिक च्वाइस” अवार्ड जितेका लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” अर्थात “लाटो पहाड” हङकङमा सफलता पुर्वक प्रर्दशन भएको छ । चलचित्र “केःवा कोक्मा” फेरिपनि पर्दशन हुदैछ । किरात याक्थुङ चुम्लुङ हङकङको आयोजनामा सोमवार (८ अप्रिल) साँझ याक एण्ड ऐतिको हलमा प्रर्दशन हुदैछ । सेहोनाम्लाङ फिल्म्स प्रा. ली. को ब्यानरमा निर्माण भएको ठुलो पर्दाको चलचित्र “केःवा कोक्मा” पहिलो पल्ट हङकङमा ३१ मार्चको साँझ याउमातेइ कम्युनिटि सेन्टरको हलमा प्रदर्शन भएको थियो । चलचित्र प्रर्दशनपछि उक्त चलचित्रका निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई जता–ततै भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना भएको छ । निर्देशक शेर्मा र नायिका पन्धाकलाई भेट–घाट तथा सम्मान गर्ने क्रममा “किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ”ले सुक्रवार (५ अप्रिल) साँझ याउमातेई स्थीत आफ्नै माङहिम परिसरमा नायिका पन्धाक र निर्देशक शेर्मालाई भेट–घाट तथा सम्मानको कार्यक्रम आयोजना गरेको थियो । “पन्धाक समाज हङकङ”ले जोर्डन स्थीत फुलबारी क्लबमा विहिवार (४ अप्रिल) साँझ रात्रि भोजन सहित भेट–घाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । समाजको अध्यक्ष चन्द्र पन्धाकको साथमा समाजका पदाधिकारीहरुले नायिका पन्धाक र निर्देशक शेर्मालाई उपहार प्रदान गरि खदाले सम्मान गरेका थिए भने समाजका सचिव कृष्ण पन्धाकले कार्यक्रम संचालन गरेका थिए । एकैदिमा तीन छुट्टा–छुट्टै स्थानमा भएको कार्यक्रममा हङकङ नेपाली महासंघको कार्यालयमा नायिका पन्धाकले सुक्रवार साँझ नेपाल स्टक एक्सचेन्ज सम्बन्धी कक्षा संचालन गरेका थिए । नेपालको एकमात्र स्टक एकस्चेज “नेप्से”मा कार्यरत पन्धाकले संचालन गरेको काक्षामा यहाँका ब्यापारी वर्ग र स्टक एक्सचेन्ज सम्बन्धी अनुभविहरुले क्लासमा भाग लिएका थिए । उनि अहिले कानुनी विषयलाई लिएर एलएलवीमा अध्यायन गर्दैछिन विभिन्न कलेजमा अध्यापिका गर्दे छिन । किरात याक्थुङ चुम्लुङ हङकङले याक एण्ड एती रेस्टुरेन्टको हलमा निर्देशक नायीकालाई सम्मान तथा बिदाई कार्यक्रमको आयोजना गरेको थियो । चुम्लुङ हङकङका अध्यक्ष त्रिभुवन लुम्फुङवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी चुम्लुङका निर्वतमान अध्यक्ष राज बहादुर चोङबाङ रहेका थिए भने बिषेश अतिथि नायीका प्रबिन पन्धाक र निर्देशक रवि शेर्मानै रहेका थिए । चुम्लुङको सल्लाहकार कृष्ण राज लावोती, (एनेकपा माओवादी हङकङका सचिव) जेवी ओख्राबु, हस्त लिबाङ, सनराईज साप्ताहिकका प्रधान सम्पादक भुपेन्द्र चेम्जोङ, किरात धर्म तथा साहित्य उत्थान संघ हङकङ अध्यक्ष मोहनमान नेम्बाङ, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष श्याम ईङनाम, रमेश सिङगक, सुमन वनेम, संघीय सामाजवादी पार्टी हङकङका अध्यक्ष ओमराज सम्बाहाम्फे, इन्द्र वनेम, नेपाली आर्टस एण्ड कल्चर एसोसिएसनका अध्यक्ष नन्द चङसु, हेम अन्छम्बु लगायत कार्यक्रमका अतिथिहरुले आ–आफ्नो मन्तब्य राखेका थिए । लिम्बु भाषा र संस्कृतीमा आधारित चलचित्र “केःवा कोक्मा” को वारेमा बोल्दै ‘आफ्नै कथा वस्तु समेटिएको’ अतिथिहरुले मन्तब्य राख्ने क्रममा उक्त कुरा वताए । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष असली वनेमले गरेकी थिईन भने कार्यक्रम सन्चालन चुम्लुङका सह सचिव लाजेसा आङबुहाङले गरेका थिए । हङकङ तेह्रथुम मञ्चको आठौं वार्षिक कार्यक्रम (आज) आइतवार दिउसो मंकी हिलको डाँडामा भएको कार्यक्रमको अवसरमा चलचित्र “केःवा कोक्मा”लाई सम्मान गर्दे निर्देशक शेर्मालाई सम्मान गरेको थियो । त्यस्तैगरि, पान्थर मञ्च हङकङले मगलवार (३ अप्रिल)साँझ काउलुन करी हाउसमा भेटघाट तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । मञ्चका अध्यक्ष प्रताम कुमार कोयु राईको अध्यक्षतामा सम्पन्न कार्यक्रम सचिव टिका माखिमले संचालन गरेका थिए भने स्वागत मन्तब्य उपाध्यक्ष कुमार गुरुङले गरेका थिए । निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकलाई किरात याक्थुङ चुम्लुङ हङकङले यहाँ वोलाएका थिए । उनिहरु २८ मार्चमा आइपुगेका थिए । एक औपचारीक कार्यक्रमको आयोजना गरि प्रदशन भएको चलचित्र “केःवा कोक्मा”ले दर्शको माया पाएको निर्देशक रवि शेर्मा र नायिका प्रविन पन्धाकले वताए यहाँको स्थानिय नेपाली संचारकर्मीलाई वताए । लिम्बु भाषा (मातृ भाषा) मात्र वोल्न सक्ने मानिस अथवा एउटा वच्चा नेपाली समुदायमा कसरी हुर्कन्छ भन्ने शिक्षा बोकेको चलचित्र “केःवा कोःक्मा”मा नेपालको प्रसासनले त्याहाँको आदिवासीहरुलाई थाहा नदिइ एकतर्फि ढंगले निति नियम वनाएर उनिहरुलाई कानुनको उल्लङघन गरेको भन्दै जवरजस्ती कानुनको दायरामा ल्याएको देखाएको छ । “कानुन बनाउदा त्याहाँको आदिवासीहरुलाई सोधेर, थाहा दिएर, प्रतिनिधि गराएर कानुन वनाए मात्र सहज स्वीकार गर्न सकिने” चलचित्रको कथावस्तुमा समेटिएको छ । रवि शेर्माले निर्देशन गरेको चलचित्रका प्रस्तुतकर्ता तथा नायक सविन तुम्बाहाङफेको “केःवा कोःक्मा”मा निर्माता आइन्द्र सुन्दर नेम्बाङ सहनिमार्ताहरुमा सुमन वनेम, इन्द्र आङदेम्बे, सक्ति नेम्बाङ, होम कुमारी सिङघक सुनुवार रहेका छन् । चलचित्रका नायिका प्रविण पन्धाक छिन भने बाल कलाकार अर्जुन वेघा रहेका छन । यासेली योङहाङ, सुर्य प्रकाश चेम्जोङ, आइन्द्र सुन्दर नेम्बाङ, अर्जुन वेघा लगायतका कालाकारहरुको विशेष भुमिका रहेको उक्त चलचित्रमा उपेन्द्र शुब्बाको लेखन तथा भुवानी विक्रम सम्बाहाम्फेले संगित दिएका छन् । चलचित्रका निर्देशक शेर्मा याक एण्ड ऐतीको प्रर्दशन पछि मात्र नेपाल जाने वताएका छन् भने नायिका पन्धाक पढाइ र जागिरको ब्यस्तताको कारण देखाउदै शनिवार नेपाल फर्किए ।

No comments: