News

Apr 9, 2013

एकात्मक स्ववियु चुनाबको बिरुद्धमा संघीय विद्यार्थी युनियनको प्रेस विज्ञप्ति

मितिः २०६९।१२।२४ 
प्रेस विज्ञप्ति 
नेपाली जनताका परिवर्तनको चाहना र सपनाहरू चरणवद्धरुपमा भएका रक्तिम आन्दोलनहरू जनयुद्ध, जनआन्दोलन २, आदिवासी जनजाति आन्दोलन, लिम्बुवान र मधेश आन्दोलनको सफलताले व्यक्त गरेकै हो । तर पनि विविध कारणले यी आन्दोलनहरू संस्थागत हुन सकिरहेको छैन । यसको पछाडि यथास्थितिवादी तथा परिवर्तन नचाहने तत्वहरूको गद्धार सोचाईको मुख्य भूमिका छ । संघीय विद्यार्थी युनियनले विगतदेखि यसको भण्डाफोर गर्दै आइरहेको छ । नेपाली जनताका चाहना र आवश्यकता अनुरुप संघीय विद्यार्थी युनियनले स्ववियुको चुनाव प्रणालीमा आमूल परिवर्तन गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीको माग राखेर नेपाल सरकार, त्रि. वि. लगायत सम्बन्धित् निकायहरूमा ज्ञापन–पत्र बुझाउने लगायत विभिन्न समयमा आन्दोलनको घोषणा गरेको यहाँहरूलाई विदितै छ । यसै सन्दर्भमा बलजफ्ती यथास्थितिमा स्ववियुको चुनाव गराउन खोज्दा २०६५ चैत्र ६ गते लिम्बुवानको झापाको धुलाबारीमा शहीद मनिल तामाङको शहादत्त भएको हो । शहीद मनिलको सपनालाई साकार पार्न संघीय विद्यार्थी युनियन पूर्ण समानुपातिक स्ववियु चुनाव प्रणालीको पक्षमा अडिग भई उभिनेछ । तर हाम्रो माग र आन्दोलन साथै शहिदको बेवास्ता गरी एकलकाटे ढङ्गले चैत्र २३ गतेको त्रि. वि. सभामार्फत नाममात्रको समानुपातिक निर्वाचन प्रणाली पास गरेर मिश्रित चुनाव प्रणालीको नाममा लज्जास्पद ढङ्गले २०७० जष्ेठ १३ गते स्ववियुको चुनाव घोषणा गरेर त्रि. वि.ले विद्यार्थीहरूको परिवर्तनको चाहनामाथि कुठाराघात गरेको छ । संघीय विद्यार्थी युनियन यो घोषणाको घोर भत्र्सना गर्दछ । साथै, यही स्थितिमा जबरजस्त स्ववियुको चुनाव गर्ने दुस्साहस गरे सोको सशक्त बहिष्कार र प्रतिकारसमेत गर्ने यही प्रेस विज्ञप्तिमार्फत चेतवानी दिन चाहन्छौ । संघीय अभिवादन ! .................. 
लाहाङ लिम्बू 
अध्यक्ष संघीय विद्यार्थी युनियन संघीय कार्य समिति, 
काठमाडौं, नेपाल सम्पर्क फोन: ९८०८४८३४४३

No comments: