लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
उत्तर कोरियाले अमेरिकामाथि हमाला गर्न सेनालाई स्वीकृत दिएको छ ।
उत्तर कोरियाले परमाणु हमला गर्न सेनालाई स्वीकृती दिएको त्यहाँको सरकारी समाचार संस्थालाई उद्घृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएका छन् ।
अमेरिकाले पश्चिमी प्रशान्त महासागर स्थित आफ्नो गुआम द्विपमा अत्याधुनिक मिसाइल रक्षा प्रणाली राख्ने निर्णय गरेपछि त्यसको जवाफ स्वरुप उत्तरकोरियाले तत्काल आणविक हमलाको प्रस्ताव अनुमोदन गरेको हो ।
अमेरिकाको शत्रुतापूर्ण व्यवहारले गर्दा आणविक हमलामा जानु परेको उत्तर कोरियाली सेनाका प्रमुखले विज्ञप्ती निकालेर यसको जानकारी गराएका हुन् ।
उत्तर कोरियाले एक दुई दिन भित्रमै अमेरिकाको मुख्य भूमिमा आक्रमण गर्ने चेतावनी दिएको छ ।
No comments:
Post a Comment