News

Aug 23, 2009

झाडा-पखालाबाट डोटीमा १० जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ७- झाडा-पखालाबाट डोटीमा १० जनाको मृत्यु भएको छ। तर पहिरोले बाटो रोकिएका कारण त्यहाँ औषधी पुर्याउन र स्वास्थ्यकर्मी पुग्न कठिन भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। केबाट झाडापखाला लागेको भन्ने थाहा पाउन दिसाको परीक्षण लिन गएको टोली पनि पहिरोकै अवरोधका कारण पुग्न नसकेको विभागले जनाएको छ। भदौ २ गतेदेखि फैलिएको झाडापखालाले उक्त स्थानमा महामारीको रुप लिएको छ। १ हजार ३ सय ४४ जनाको ४ वटा स्वास्थ्य शिविरमार्फत् उपचार भएको जानकारी पनि विभागले दिएको छ। यो महामारीबाट २० गाविस प्रभावित भएको छ।

No comments: