News

Aug 22, 2009

भारतबाट प्रहरीलाई हतियार ल्याइने / प्रधानमन्त्री स्वेदश फिर्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भदौ ६ - प्रधानमन्त्री माधवकुमार नेपाल पाँच दिने भ्रमण पुरा गरी शनिबार अपरान्ह स्वेदश फिर्ता भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै उनले भारत भ्रमण सफल रहेको जिकिर गरे। प्रधानमन्त्री नेपालले नेपाल प्रहरीका लागि चाहिने हतियार र बन्दोवस्तीका सामाग्री ल्याउनेबारे भारतसँग छलफल भएको जानकारी सञ्चारकर्मीलाई दिए। वृहत शान्ति सम्झौतामा प्रहरीलाई पनि हतियार ल्याउन नपाइने भन्ने उल्लेख नभएको नेपालले बताए। नेपाली सेनाका बिषयमा भने बन्दोबस्तीका सामान मात्र शान्ति सम्झौता अन्तर्गत रहेर मात्र ल्याइने बताए।माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री भ्रमण 'इतिहासमै सर्वाधिक असफल' भनेर आलोचना गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिरक्षा गरेका गर्दै पटक पटक भ्रमण सफल रहेको बताए। '(मेरो भ्रमण) इतिहासमै सर्वाधिक असफल के कारणले भयो?' माओवादी अध्यक्ष दाहालको भनाईप्रति प्रश्न गर्दै प्रधानमन्त्रीले थपे, 'हिजो उहाँले भारतसँग गर्न नसकेको सन्धी सम्झौता गरेकाले असफल भएको हो कि?'प्रधानमन्त्री नेपालले अध्यक्ष दाहालप्रति व्यङ्य गर्दै 'केहीको कामै आलोचना' गर्ने भएकाले त्यसतर्फ ध्यान नदिन आग्रह गरे। भारतसँग दाहाल सरकारले गर्न नसकेका वाणिज्य र अनधिकृत व्यापारसम्बन्धी दुई सन्धी गर्न आफू सफल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसबाट व्यापार बढ्ने र व्यापार घाटा न्यून हुने आशा व्यक्त गरे।नेपालले अन्तिम समयमा आएर भ्रमण बहिष्कार गर्ने परराष्ट्रमन्त्री सुजाता कोइरालाप्रति कडा व्यङ्य गरे। 'कतिपयका अनिच्छाका विपरीत भ्रमण अत्यन्तै सफल भएको छ' उनले हाँस्दै भने, 'परराष्ट्रमन्त्रीज्यूको स्वास्थ्य देखेर अहिले म अति नै खुशी भएको छु।' प्रधानमन्त्रीले त्यसो भनिरहँदा उनलाई स्वागत गर्न गएकी मन्त्री कोइराला मुस्कुराइरहेकी थिइन्।परराष्ट्रमन्त्रीको भ्रमण रद्द हुनुले सरकारको भविष्यमाथि नै टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री नेपालले भने त्यसलाई 'तुकहिन बहस' भनी टिप्पणी गरेका छन्। 'सरकारका भविष्यमाथि भएका अलकडवाजीमा कुनै तुक छैन' उनले भने।प्रधानमन्त्री नेपाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले उनका भारतीय सकमक्षी मनमोहन सिंहसँग द्विपक्षीय वार्ता गर्नुका साथै राष्ट्रपति प्रतिभादेवी पाटील, उपराष्ट्रपति परराष्ट्र, गृह, अर्थ, अर्थ, वाणिज्यलगायत क्याविनेटमन्त्रीहरूसँग भेटवार्ता गरेको थियो।'हामी नेपाली जनताको सद्भाव लिएर गएका थियौं' प्रधानमन्त्रीले थपे, 'अहिले नेपालको शान्ति, स्थाइत्व र संविधान लेखन प्रक्रियामा उनीहरूको सद्भाव लिएर आएका छौं।'प्रधानमन्त्री नेपालले भारतले नेपालमा शान्ति र स्थाइत्व चाहेको र यसमा सहयोग गर्न तत्पर रहेको जानकारी दिए। शान्ति, सद्भाव र स्थिरता भारतको चाहना पाएको छु' प्रधानमन्त्रीले भने, 'नेपालको अस्थिरता, पछौटेपन र अशान्तिले भारतमा पनि असर पर्छ भन्ने उहाँहरूको बुझाई छ।'नेपालमा लगानी भित्राउन समेत पनि भ्रमणबाट योगदान पुगेको भन्दै प्रधानमन्त्रीले भारतले रु ३२ अर्ब ६० करोडभन्दा बढी आर्थिक सहायता प्रदान गर्ने बचन दिएको बताए।

No comments: