लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एक मुम्बैयाले दुई वर्षमा ६ वटा विवाह गरेका थिए । र, ६ वटै पत्नीलाई यति सजिलैसँग झुक्याउन सफल भएका थिए कि उनीहरू कसैले पनि आफ्ना श्रीमान् यति चालु होलान् भन्ने शंकासमेत गरेका
थिएनन् ।मुम्बई महानगर निवासी तुसार वागमारे एअर इन्डियाका इन्जिनियर हुन् । ६ श्रीमतीका श्रीमान् तुसारलाई पुलिसले बहुविवाहको आरोपमा गिरफ्तार गरेको छ । उनकी छैटौं पत्नीले आफ्नो श्रीमान्को अर्का पनि श्रीमती भएको थाहा पाएपछि पुलिसमा उजुरी गर्न गएकी थिइन् । रहस्य खुल्दै जाँदा पो थाहा भयो, तुसार त चालु नम्बर एक रहेछन् । तर, वागमारेले आफूले तीनपटक विवाह गरेको र कसैलाई धोका नदिएको बताएका छन् ।पुलिसका अनुसार वागमारेले आफूले अघिल्ली श्रीमतीसँग पारपाचुके गरिसकेको भन्दै थप विवाह गरेका थिए । पारपाचुकेको नक्कली कागजात देखाएर उसले विवाह गरेको थियो । मुम्बई प्रहरीका प्रहरी अधिकृत आरएम भाटकरले बिबिसीसँगको अन्तर्वार्तामा भने, 'उनका कुनै पनि श्रीमतीले आफ्नो श्रीमान्को अतीतबारे खोजीनिती नगर्नु आश्चर्यलाग्दो कुरो हो ।'तुसार एउटी श्रीमतीलाई 'म घुम्न जाँदै छु या कामको सिलसिलामा बाहिर जाँदै छु' भनेर अर्की श्रीमतीकहाँ गएर बस्थे । उनका श्रीमतीहरूमध्ये केही त उच्च शिक्षित र राम्रो जागिर भएका छन् ।उनकी छैटौं पत्नीलाई भने यसरी बारम्बार घरबाहिर गइराख्ने आफ्नो श्रीमान्को चालामाला ठीक लागेन । तुसारमाथि शंका लाग्न थालेपछि उनले तुसारको चियो गर्न थालिन् र उनको अर्का श्रीमती भएको पत्ता लगाइन् ।पुलिसले अनुसन्धान गर्दै गएपछि तुसारका ६ पत्नी भएको तथ्य सामुन्ने आएको थियो । अझ स्थानीय पत्रपत्रिकाका समाचार पत्याउने हो भने सन् २००६ यता उनले १४ महिलासित बिहे गरिसकेका छन् । मुम्बईको एक पुलिस थानाबाहिर रोएटर्स टेलिभिजनलाई दिएको एक अन्तर्वार्ता वागमारेले भने, 'मुसलमानहरूले चाहिँ पटक-पटक विवाह गर्न पाउने, हिन्दुले चाहिँ नपाउने ? कानुन यति विभेदपूर्ण हुनु हुन्छ ? मैले उनीहरूसित जबर्जस्ती बिहे गरेको होइन । न मैले उनीहरूलाई धोका नै दिएको हुँ ।' धोका दिए/नदिएको त अब अदालतले बताउनेछ, श्रीमान् वागमारे !
एक मुम्बैयाले दुई वर्षमा ६ वटा विवाह गरेका थिए । र, ६ वटै पत्नीलाई यति सजिलैसँग झुक्याउन सफल भएका थिए कि उनीहरू कसैले पनि आफ्ना श्रीमान् यति चालु होलान् भन्ने शंकासमेत गरेका

1 comment:
म श्री एडम्स केभिन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: तपाईं रुचि हो यो इमेल मा हामीलाई सम्पर्क यदि हामी, 3% ब्याज दर मा ऋण दिन।.
Post a Comment