लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन १६,वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाईदैछ । आजै काठमाडौंको वसन्तपुरमा उपस्थित
मानिसहरूले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउदै त्यहा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुडिखेलमा लगी जलाउछन् । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गरिन्छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिंगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । यसैगरी ललितपुरमा उक्त दिन गाडिएको चीर आजै बागमतीमा लगेर सेलाउने गरिन्छ ।आजै राति टुडिखेलमा 'गुरुमापा' नामक राक्षसलाई इटुम्बहालदेखि कही पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको 'जधु' नामक धारामा चुठाउने प्रथा छ । दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आˆना पुत्र प्रहृलादलाई मार्ने उद्देश्यले ब्रहृमाबाट आगोले छुन नसक्ने वरदान पाएकी आˆनी बहिनी होलिकालाई प्रहृलादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफै भष्म भएकी तर भक्त प्रहृलादलाई आगोले छुन नसकेको हिन्दु धर्मशास्त्रहरूमा उल्लेख छ ।

No comments:
Post a Comment