News

Mar 11, 2010

कांग्रेसका नेतानै माओवादीमा प्रवेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
११ मार्च, २०१०,नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना सहायक मन्त्री हरिशंकर परियार लगायत अन्य पार्टी सम्वद्ध केही दलित नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।कांग्रेस नेता परियारले भने कांग्रेस आफ्नो राजनीतिक बिचारबाट विचलित भएकाले आफू माओवादीमा प्रवेश गरेको बताएका छन् । आज पार्टी मुख्यालय पेरिस डाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा परियार सहितका नव आगन्तुकहरुलाई स्वागत गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले समग्र राजनीतिक परिस्थिति निकै संवेदनशील रहेको बताए । उनले सबैभन्दा ठूलो पार्टी भएका नाताले शान्ति प्रक्रिया र संविधान निर्माणलाई निष्कर्षमा पुर्‍याउन माओवादीको महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्गीय,जातीय,क्षेत्रीय र लैङ्गकि जागरणमा प्रमुख योगदान जनयुद्धकै कारण भएको दावी गरेका छन् । उनले नयाँ संविधानमा सबै पिछिडिएका र उत्पीडित समूदायको अधिकार सुनुश्चितताका लागि माओवादीले सडक र सदनबाट संघर्ष गरिरहेको बताए ।

No comments: