News

Mar 10, 2010

सोनीले अदालती प्रकृया वहिस्कार गरिन

लिम्वूवान डट व्लगस्पोट डटकम,हङकङ/भूपेन्द्र चेम्जोङ
गत वर्ष १७ मार्चका दिन हङकङ प्रहरीव्दारा गोली हानी हत्या गरिएको दिलवहादुर लिम्वूको मृत्यु छानवीन जारी रहेको वेला स्व लिम्वूका पत्नी सोनी रार्इले अदालती कारवाहीमा चित नवुझेकोले अव आइन्दा अदालतमा उपस्थित नहुने भएकी छिन् । उक्त कुरा ११ मार्च विहान साइवान हो अदालत अगाडि युनिसन हङकङ र हङकङ नेपाली महासंघको सहयोगमा एक पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकीहुन् । सोनी रार्इको तर्फवाट नेपाली महासंघका अध्यक्ष हेम लिम्वू र युनिसन हङकङकी निर्देशक फर्मी वङले क्रमश अंग्रेजीमा र चीनीया भाषामा प्रेस वक्तव्य पढेर सुनाइएको थियो । कोरोनर अदालतले आफ्नो श्रीमान्को मृत्यु छानवीन सम्वन्धि सुनुवाई शुरुदेखि नै निष्पक्ष रुपमा नगरेकोले आफूलाई चित्त नवुझी आज सुनुवाईको ५८ औं दिनदेखि अदालतमा नआउने निर्णय गरेकी वताउँदै उपस्थित सवैलाई सहयोगको लागि धन्यवाट दिइन । स्थानीय पत्रकार र र्सवसाधारणवाट भविष्यमा पनि मानवताको नाताले सधैं साथ पाइरहने आशा व्यक्त गरेकी थिइन । सोनीले र्सार्वजनिक गरेको प्रेस वक्तव्यमा लेखिएको छ "प्रहरी अनुसन्धान र कोरोनरको अदालती प्रकृया पक्षपातपूर्ण र मेरो विरुद्ध छ । मेरो श्रीमान्लाई कसरी मारियो त्यो कुरा पूर्णरुपमा जान्न,न्याय माग्न र यो आदलती प्रकृयाले भविष्यमा यस्ता घटनाहरुहुन नदिन सहयोग गर्नेछ भन्ने आशा लिएर म हङकङ आएकी थिए तर ठीक विपरीत यहाँका अधिकारीहरुवाट वाधा, अवरोध,पक्षपाट तथा मेरो स्वर्गीय श्रीमान्को चालचलनमा धव्वा लगाउँदै उनको मृत्युको जिम्मेवार आफै नै हो भन्ने पुष्टि गर्ने हर प्रयत्न भइरहेको र अदालतमा समेत हामी तथा हाम्रा प्रक्षका अधिवक्ताहरुलाई शत्रुतापूर्ण व्यवहार वारम्वार हुँदै आएको पाएँ । छानवीनकोलागि आवश्यक कागजातहरु निवेदन गर्दापनि अदालतवाट वारम्वार अस्वीकृत हुने क्रममा अस्ति भर्खरै प्रहरी निर्देशिका(ट्याक्टिक्स मेनु) दिन अस्वीकार गरी हत्यामा संलग्न प्रहरी होइका केर्इलाई प्रशिक्षणको क्रममा रिभल्भर र खुर्सानीको झोल चलाउने सम्वन्धमा के सिकाईको थियो, उनलाई प्रशिक्षण सिकाएको कुरा सम्मत गएको छ कि छैन भन्ने विषयमा हामीलाई र जुरीहरुलाई अन्धकारमा राख्ने कोशिस गरिएको छ मलाई र मेरो स्वर्गीय श्रीमान नै कठाघरमा उभाइएको महसूस भएकोले यो अदालनमा आउनु कुनै अर्थ देखिन । तर्सथ आजदेखि अदालतमा उपस्थिति मेरो रहने छैन ।" प्रेस वक्तव्य पढेर सुनाई सकेपछि पत्रकारहरुले गरेको प्रश्नहरुको जवाफ सोनीको तर्फाट फर्मी वङले दिएकी थिइन् । सम्मेलनमा यहाँका स्थानीय टीभी, रेडियो तथा प्रिन्ट मिडियाहरुको ठूलै संख्यामा उपस्थिति रहेको थियो । त्यसै गरी निष्पक्षर स्वतन्त्र न्याय होस । मलाई पुग्यो । पुग्यो भनेपछि पुग्यो । भन्ने नारा वोकेका दर्जनौ नेपालीहरुको उपस्थिति रहेको थियो । दिलवहादुरको मृत्यु छानवीन अव अन्तिम चरणमा पुगेको छ । अन्तिम साक्षी प्रहरी प्रशिक्षणका प्रमुख एसपी रिकी चेनको वयान लिनेक्रम जारी छ। उसले प्रहरी होईको प्रहिक्षणका अभिलेखहरु प्राय सवै अदालतमा ल्याएर आएका थिए । उनलाई वयान लिनेक्रममा प्रहरी प्रहिक्षण निर्देशिका पाउँ भनी पक्षको वकील नाईजेल क्याटले राखेको निवेदनलाई कोरोनर विलियमले अस्वीकार गरेको थियो ।कोरोनरले प्रहरीको सम्पूर्ण मेनु आवश्यक छैन पीसी होइलाई के कुरा सिकाइयो के सिकाइएन भन्ने कुरा मात्र आवश्यक भएको वताउँदै निवेदन अस्वीकार गरेका थिए । त्यसपछि अधिवक्ता क्याटले पीसी होइलाई सिकाएको दिनको प्रशिक्षणको नोट पाउँ भनी निवदेन गरे । यो निवेदनपछि न्यायधीश तथा विपक्ष र साक्षीलाई निक्कै अप्ठेरोमा परेकोछ । साक्षी वयान दिइरहेको एसपीले यो त प्रहरी सुरक्षाको विषय हो र्सार्वजनिक गर्नु हुन्न भनेपछि यस विषयमा प्रहरी आयुक्तको राय जान्न लाई अदालत स्थकित गरिएको थियो । यो समाचार तयार पारिन्जेल सम्म प्रहरी आयुक्तको के भनाइ रहेको छ ,कोरोनरले के रुलिङ गरे भन्ने कुरा खुल्न आएको छैन । हङकङ प्रहरीको एक जिम्मेवार पदमा भएर पनि रिकी चेनले अदालतमा विपक्षको वकीललाई असहयोग गरेको देख्दा उपस्थित सवैलाई निक्कै आर्श्चर्य लागेको छ । पक्षको वकीलको प्रश्नको उत्तर सीधा नदिने, प्रश्न वुझिन भन्ने जस्ता कुराहरु सुन्दा पीसी होइले दिएको वयानको सम्झना गराइरहेको छ । रिकी चेनको वयान सकिएपछि पक्ष तथा विपक्षहरुलाई आफ्नो अन्तिम भनाई राख्न केही दिन समय दिइनेछ । त्यसपछि कोरोनरले जुरीलाई फैसलाको लागि निर्देशन दिनेछ । सम्भवत यो मुद्दाको फैसला मार्च भरीमा हुन सक्छ । दिलवहादुरको मुद्दा सुनुवाई गतवर्षो सेप्टेम्वर ११ देखि शुरु भई वीचमा दुइ महीना जति रोकिएको थियो । गत जनवरीको ४देखि सुनुवाई पुनः सुरु भएको थियो ।

No comments: