लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फागुन २६- विशेष सुरक्षा योजनामा प्रस्ताव गरिएअनुसार सरकारले ५ हजार ४ सय ५० सशस्त्र प्रहरी भर्ना प्रक्रिया थालेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटबाट बेहोर्ने गरी सशस्त्र प्रहरी थप्न अनुमति दिएको हो। हरेक प्रहरीका लागि २ लाख ५० हजार वार्षिक बजेट चाहिन्छ। यस हिसाबमा सशस्त्रलाई अर्थले थप १ अर्ब २५ करोड ३६ लाख बजेट दिनुपर्नेछ। भर्ना लिई तालिम सक्दा हरेक प्रहरीलाई २ लाख ५० हजार खर्च लाग्छ। यो रकम पनि १ अर्ब २५ करोड ३६ लाख रुपैयाँ हुन आउँछ।
यसमध्ये अहिलेका लागि अत्यावश्यक केही बजेट सशस्त्र प्रहरीलाई दिइने अर्थका अधिकारीहरुले जनाएका छन्। 'भर्नाको प्रक्रियाका लागि लाग्ने खर्च यसै वर्ष र अरु अर्को बजेटमा विनियोजन गरिने छ,' मन्त्रालयका अधिकारीले भने। चालू वर्षमा रकमको माग धेरै भएपछि अर्थले आउने वर्षमा बजेट दिने गरी अनुमति दिएको हो। अर्थसँग अहिले विभिन्न निकायबाट ३२ अर्ब थप रकम माग भएको छ। माग भएजति रकम दिन सक्ने अवस्था नभएको एक अधिकारीले बताए।अनुमतिसँगै सशस्त्रले भर्ना प्रक्रिया सुरु गरेको हो। एक टोलीको छनोट भर्ई तालिममा पठाइसकिएको छ। अर्को टोली परीक्षाको चरणमा छ। तालिम सकिएपछि यी प्रहरीलाई असारमा नियुक्ति दिने र बजेट समेत विनियोजन गरिने भएको छ।
६ हजार थपिएपछि सशस्त्रको संख्या ३१ हजार पुग्नेछ। यी प्रहरीलाई राजस्व, औद्योगिक सुरक्षा लगायतका क्षेत्रमा परिचालन गरिने योजना छ। दोस्रो चरणमा सशस्त्र प्रहरीमा ५ हजार थप्ने तयारी भइरहेको छ। तर, यसमा अर्थले अनुमति दिएको छैन।

No comments:
Post a Comment