News

Mar 10, 2010

सामूहिक बलात्कारपछि युवतीको हत्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/प्रदीप मेन्याङ्गबो
धरान, फाल्गुन २६ - सुनसरीको पाँचकन्या ८ नाम्जे बस्ने २४ बर्षीया मिना सुब्बाको १२ दिन अघि अपहरण पछि सामूहिक बलात्कार गरेर हत्या गरेको खुलासा भएको छ । सुब्बाको शव भेडेटारदेखि राजारानी जानेबाटोमा पर्ने थुम्कीडाँडामा बुधबार विहान ११ बजे सडेको अबस्थामा फेला परे पछि बलात्कार पछि हत्या भएको प्रहरी निरीक्षक राजेन्द्र विकले बताए । स्थानीयहरुको सहयोगमा १२ दिन पछि मिनाको शव फेला परेको हो । उनको अपहरण पछि बलात्कार र हत्यामा संलग्ल भएको आरोपमा स्थानीय सुजन श्रेष्ठ, मुकेश मग्राती र सुदीप श्रेष्ठ तीनदिन अघि पक्राउ परेका थिए । उनीहरुले सामूहिक बलात्कार पछि सुब्बालाई जंगलमा छाडेको बयान दिएका थिए । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यात्रु लिएर भेडेटार गएकोबेला नाम्जेमा विरामी अवस्थामा बसेकी सुव्वालाई उनीहरुले को १ ज ६२४ नम्बरको मारुती भ्यानमा लगेर नजिकैको जंगलमा सामूहिक बलात्कार गरेको बयान दिएका छन् । बाटोमा हिड्दा हिड्दै डिलबाट लडेर घाइते भएकी सुब्बालाई घर पुर्‍याइ दिने भन्दै जंगल तिर लागेका थिए । पक्राउ परेका तीनैजनालाई अपहरण, बलात्कार र हत्या सम्बन्धी मुद्धा लगाउने प्रहरीले जनाएको छ ।

No comments: