News

Mar 10, 2010

असामान्य छैन कोइरालाको स्वास्थ्य

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मार्च,२०१०,नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको स्वास्थ्य अवस्थामा उतारचढाव आए पनि असामान्य नरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । सभापति कोइरालालाई उपचारका लागि तत्कालै विदेश नलगिने भएको छ । एक्कासी दम बढेपछि चौबिसै घण्टा अक्सिजन दिनु परेको भए पनि उहाँको उपचारमा संलग्न चिकित्सकहरुले उहाँलाई तत्काल विदेश लैजान नपर्ने सुझाव दिएका छन् । कोइरालाको उपचारमा संलग्न चिकित्सकहरु अर्जुन कार्की, मनबहादुर केसी र जगदीश अग्रवालले आज बिहान संयुक्त रुपमा कोइरालाको स्वास्थ्य परीक्षण गरी केही दिन हेरेर निर्णयगर्ने बताएका थिए । अहिले सभापति कोइराला आफ्नै निवास, महाराजगञ्जमा आराम गरिरहनु भएको छ ।युरोप भ्रमणमा रहनु भएकी कोइरालाकी छोरी उपप्रधानमन्त्री सुजाता कोइराला बिहिबार बिहान स्वदेश फर्किएपछि सल्लाह गरेर विदेश लैजाने या नलैजाने निर्णय गरिने नेपाली काँग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले जानकारी दिनुभयो ।८७ बषीय सभापति कोइरालालाई श्वासप्रश्वाससम्बन्धी पुरानै रोगले च्यापेको छ ।

No comments: