News

Mar 10, 2010

आगालागीमा एकै परिवारका तीनको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
१० मार्च,२०१०,दोलखा, फाल्गुन २७ - दोलखाको काटाकुटी गाविस-६ स्थित एक घरमा बुधबार राति भएको आगलागीमा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुदीप कार्कीको घरमा भएको आगलागीमा उनकी २३ वर्षीय श्रीमती प्रमिला, छोरीहरु ३ वर्षकी सुप्रभा र ९ महिनाकी सुनिताको मृत्यु भएको हो ।
विद्युत शट भएर आगो लागेको प्रहरीले जनाएको छ । आगलागीका बेला घरमा आमा र छोरीहरु मात्र थिए । घरधनी सुदीप काठमाडौंमा थिए । घर र गोठ जल्दा केही चौपाया पनि मरेको छ । साथै १५ लाख बराबरको क्षति भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । घटनास्थल दोलखा सदरमुकामबाट ४० किलोमिटर दक्षिण पश्चिममा छ ।

No comments: