लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
राष्ट्रपतिकालमा उनले जनताको खासै समर्थन पाएनन् । कहिले इरानयुद्ध त कहिले अफगानिस्तान युद्धका नाममा उनको विरोध भइरह्यो । तर, तिनै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस अहिले सत्ताबाट बाहिरिएपछि
चर्चाको शिखरमा छन् । फेसबुक एकाउन्ट खोलेकै दिन उनका करिब ६२ हजारजति फ्यान भएका छन् । कैयौँ फ्यानले आफूले पूर्वराष्ट्रपति बुसलाई 'मिस' गरेको समेत फेसबुक वालमा उल्लेख गरेका छन् ।
'भगवान् सधैँ तिम्रा दाहिना होऊन्, तपाईं साँच्चै नै महान् मानिस हुनुहुन्थ्यो, कसैले बुसलाई युद्ध अपराधी भन्छन्, 'परिभाषा' अनुसार उनी युद्ध अपराधी हुन पनि सक्छन् । तर, यी मानिस नायक हुन्, नायक' जस्ता टिप्पणी बुसको फेसबुक पेजमा गरिएको छ । बुसलाई सकारात्मक टिप्पणी मात्र होइन, थुप्रैले नकारात्मक टिप्पणीसमेत गरेका छन् । एकजनाले लेखेका छन्, 'म बुसलाई सानोमा आएको दादुराजस्तै 'मिस' गरिरहेको छु ।
'सोसल नेटवर्किङ साइटमा यो युद्ध अपराधी के गदै छ हँ ?' अर्का फ्यानले लेखेका छन् ।
'तिमीले लाखौँलाई पीडित बनायौ । बुस म तिमीलाई संसारमा सबैभन्दा बढी घृणा गर्छु' एक फ्यानले बुसको फेसबुक साइटमा पोस्ट गरेका छन् । यसैगरी, बुसलाई फ्यान बनाउने सबै मूर्ख भएको भन्दै एकजनाले लेखेका छन्, 'तिमीहरू सबै मूर्ख हौ । बुसले युद्ध छेडे । हजारौंलाई मारे । र, आफ्नो र बुबाका लागि लाखौँ डलर जम्मा पारे ।
बुसले आफ्नो फेसबुक साइटमा जम्मा दुईवटा कमेन्ट मात्र पोस्ट गरेका छन् । पहिलो कमेन्टमा राष्ट्रपति पद छाडेपछि आफूले क्रियाशील जीवन बाँच्दै आएको लेखिएको छ । राष्ट्रपति पदबाट बाहिरिएपछि अमेरिकाका २० प्रान्त र अन्य आठ देशको भ्रमण गरेको लेखिएको छ । यसैगरी, पद छाडेपछि ६५ पटक भाषण गरेको पनि बुसले फेसबुकमा लेखेका छन् । बुसको फेसबुक साइट बुधबार मात्र सार्वजनिक भएको हो । बुधबार दिउँसोसम्म उनको साइटले २७ हजार फ्यान आकषिर्त गरिसकेको थियो ।
जर्ज डब्लु बुसका प्रवक्ताले फेसबुक बुसकै भएको पुष्टि गरेका छन् ।
राष्ट्रपतिकालमा उनले जनताको खासै समर्थन पाएनन् । कहिले इरानयुद्ध त कहिले अफगानिस्तान युद्धका नाममा उनको विरोध भइरह्यो । तर, तिनै अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस अहिले सत्ताबाट बाहिरिएपछि
चर्चाको शिखरमा छन् । फेसबुक एकाउन्ट खोलेकै दिन उनका करिब ६२ हजारजति फ्यान भएका छन् । कैयौँ फ्यानले आफूले पूर्वराष्ट्रपति बुसलाई 'मिस' गरेको समेत फेसबुक वालमा उल्लेख गरेका छन् ।'भगवान् सधैँ तिम्रा दाहिना होऊन्, तपाईं साँच्चै नै महान् मानिस हुनुहुन्थ्यो, कसैले बुसलाई युद्ध अपराधी भन्छन्, 'परिभाषा' अनुसार उनी युद्ध अपराधी हुन पनि सक्छन् । तर, यी मानिस नायक हुन्, नायक' जस्ता टिप्पणी बुसको फेसबुक पेजमा गरिएको छ । बुसलाई सकारात्मक टिप्पणी मात्र होइन, थुप्रैले नकारात्मक टिप्पणीसमेत गरेका छन् । एकजनाले लेखेका छन्, 'म बुसलाई सानोमा आएको दादुराजस्तै 'मिस' गरिरहेको छु ।
'सोसल नेटवर्किङ साइटमा यो युद्ध अपराधी के गदै छ हँ ?' अर्का फ्यानले लेखेका छन् ।
'तिमीले लाखौँलाई पीडित बनायौ । बुस म तिमीलाई संसारमा सबैभन्दा बढी घृणा गर्छु' एक फ्यानले बुसको फेसबुक साइटमा पोस्ट गरेका छन् । यसैगरी, बुसलाई फ्यान बनाउने सबै मूर्ख भएको भन्दै एकजनाले लेखेका छन्, 'तिमीहरू सबै मूर्ख हौ । बुसले युद्ध छेडे । हजारौंलाई मारे । र, आफ्नो र बुबाका लागि लाखौँ डलर जम्मा पारे ।
बुसले आफ्नो फेसबुक साइटमा जम्मा दुईवटा कमेन्ट मात्र पोस्ट गरेका छन् । पहिलो कमेन्टमा राष्ट्रपति पद छाडेपछि आफूले क्रियाशील जीवन बाँच्दै आएको लेखिएको छ । राष्ट्रपति पदबाट बाहिरिएपछि अमेरिकाका २० प्रान्त र अन्य आठ देशको भ्रमण गरेको लेखिएको छ । यसैगरी, पद छाडेपछि ६५ पटक भाषण गरेको पनि बुसले फेसबुकमा लेखेका छन् । बुसको फेसबुक साइट बुधबार मात्र सार्वजनिक भएको हो । बुधबार दिउँसोसम्म उनको साइटले २७ हजार फ्यान आकषिर्त गरिसकेको थियो ।
जर्ज डब्लु बुसका प्रवक्ताले फेसबुक बुसकै भएको पुष्टि गरेका छन् ।
No comments:
Post a Comment