लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माइक्रोसफ्टलाई पछाडि पार्दै एप्पल विश्वको सबैभन्दा ठूलो टेक्नोलोजी कम्पनी बन्न सफल भएको छ ।
लगानीकर्ताले यो साता माइक्रोसफ्टको मूल्य दुई सय १९ अर्ब डलर तेकेका छन्, जब कि एप्पलको मूल्य दुई सय २२ अर्ब डलर छ ।सन् १९९० को दशकमा एप्पलको कारोबार लगभग चौपट भएको थियो । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएपछि उन्नति यात्रा सुरु भएको हो । यसअघि सन् १९८९ मा एप्पल माइक्रोससफ्ट भन्दा अगाडि थियो ।
विश्वका अधिकांश मानिस आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको अपरेटिङ सिस्टम प्रयोग गर्छन्, तर ९० दशकको राम्रो अवस्था भए पनि माइक्रोसफ्टको हालको अवस्था त्यतिवेलाजस्तो छैन । यसै साता बेलायतलगायत नौवटा मुलुकले एप्पलको आइप्याड ट्याब्लेट कम्प्युटर लन्च गरे । एप्पलले आगामी महिना आइफोनको अर्को जेनेरेसन ल्याउँदै छ ।
एप्पल इन्कर्पोरेसनले टच स्त्रिन ट्याब्लेट आइपडको लन्चिङयता अमेरिकामा मात्र दुई मिलियन आइपड बिक्री भएको जनाएको छ । करिब दुई महिनाअघि यो आइपड बजारमा ल्याएको थियो । यो संख्या आइफोनभन्दा बढी हो । एप्पलले जुलाईदेखि अन्य नौ मुलुकमा आइप्याड पुग्ने बताएको छ । वर्षको अन्त्यसम्ममा ८ दशमलव १३ मिलियन आइप्याड बिक्री हुने अनुमान एप्पलको छ । एप्पल कम्पनीले कम्प्युटर, आइपड, आइफोन र आइपड उत्पादन गर्छ ।
लगानीकर्ताले यो साता माइक्रोसफ्टको मूल्य दुई सय १९ अर्ब डलर तेकेका छन्, जब कि एप्पलको मूल्य दुई सय २२ अर्ब डलर छ ।सन् १९९० को दशकमा एप्पलको कारोबार लगभग चौपट भएको थियो । सन् २००१ मा एप्पलले आइपड बजारमा ल्याएपछि उन्नति यात्रा सुरु भएको हो । यसअघि सन् १९८९ मा एप्पल माइक्रोससफ्ट भन्दा अगाडि थियो ।विश्वका अधिकांश मानिस आफ्नो कम्प्युटरमा माइक्रोसफ्टको अपरेटिङ सिस्टम प्रयोग गर्छन्, तर ९० दशकको राम्रो अवस्था भए पनि माइक्रोसफ्टको हालको अवस्था त्यतिवेलाजस्तो छैन । यसै साता बेलायतलगायत नौवटा मुलुकले एप्पलको आइप्याड ट्याब्लेट कम्प्युटर लन्च गरे । एप्पलले आगामी महिना आइफोनको अर्को जेनेरेसन ल्याउँदै छ ।
एप्पल इन्कर्पोरेसनले टच स्त्रिन ट्याब्लेट आइपडको लन्चिङयता अमेरिकामा मात्र दुई मिलियन आइपड बिक्री भएको जनाएको छ । करिब दुई महिनाअघि यो आइपड बजारमा ल्याएको थियो । यो संख्या आइफोनभन्दा बढी हो । एप्पलले जुलाईदेखि अन्य नौ मुलुकमा आइप्याड पुग्ने बताएको छ । वर्षको अन्त्यसम्ममा ८ दशमलव १३ मिलियन आइप्याड बिक्री हुने अनुमान एप्पलको छ । एप्पल कम्पनीले कम्प्युटर, आइपड, आइफोन र आइपड उत्पादन गर्छ ।
No comments:
Post a Comment