News

Sep 22, 2010

अमेरिका आएका वनमन्त्री दीपक बोहराले भाँडभैलो मच्चाए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अमेरिका, ६ असोज,जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन अमेरिका आएका वनमन्त्री दीपक बोहराले भाँडभैलो मच्चाएका छन् । जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदै गएको विषयमा विश्वको ध्यानाकर्षण गराउन मंगलबार अमेरिकाको न्युयोर्कमा निकालिएको सेभ द हिमालय र्‍यालीमा मन्त्री बोहराले भाँडभैलो मच्चाएका हुन् ।र्‍यालीमा सहभागी आरोहीको बसोवास खर्च एनआरएन अमेरिका, युएसएड नेपाल, नेपाल पर्यटन बोर्ड, गि्रन भेन्चर्स नेपाल र डब्लुडब्लुएफ नेपालले बेहोर्ने बेहोराको पत्र अमेरिकी दूतावासलाई लेखिएको थियो । तर, मन्त्रीले र्‍यालीमा सहभागी गराउन भन्दै पर्वतारोहीबाट पैसा असुलेको तथ्य सार्वजनिक भएपछि संयुक्त राष्ट्रसंघको ६५औँ महासभामा उपस्थित विश्वका दुई सय देशका प्रतिनिधिको ध्यानाकर्षण गराउन भन्दै निकालिएको र्‍याली तमासा मात्रै बन्यो ।
र्‍यालीमा अमेरिकामा रहेका झन्डै दुई दर्जन नेपाली पर्वतारोही सहभागी हुने भनिए पनि हिमाल बचाउने पवित्र काममा समेत भ्रष्टाचार भएको भन्दै एक दर्जन पर्वतारोहीले र्‍याली बहिष्कार गरे । मन्त्री बोहरा र अमेरिकामा रहेका टाठाबाठा नेपालीले पैसा कुम्ल्याउने खेल खेलेको उनीहरुले आरोप लागएका छन् । र्‍यालीका सहभागी हुँदा लाग्ने खर्च भन्दै मन्त्री बोहराले नेपालबाट अमेरिका आउने पर्वतारोहीबाट पैसा असुलेको विषयमा अमेरिकावासी नेपाली पर्वतारोहीले भ्रष्टाचारको छानबिन गर्नसमेत माग गरेका छन् ।
नेपाली सगरमाथा आरोही पत्रकार आङछिरिङ शेर्पाको संयोजकत्वमा निकालिएको र्‍याली झन्डै दर्जन पर्वतारोहीले बहिष्कार गरेपछि र्‍यालीमा जम्मा १६ जना पर्वतारोही सहभागी भए । र्‍यालीमा सहभागी हुने पर्वतारोहीले पर्वतारोहण गर्दा लगाउने पोसाकसहित प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि मन्त्रीको भाँडभैलोका कारण कसैले पोसाक लगाएनन् । पर्वतारोही सामान्य टिसर्टमा र्‍यालीमा सहभागी भए । र्‍यालीमा सहभागी हुन अमेरिकामा बसोबास गर्न सर्वसाधारण नेपालीलाई पनि अनुरोध गरिए पनि पनि सर्वसाधारण सहभागी भएनन् । र्‍याली ठूलाबडाको जमघटजस्तो मात्रै भयो ।

No comments: