News

Sep 28, 2010

गलत फोटो छापेका कारण कारबाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कायरो/ इजिप्टको एक सरकारी समाचारपत्र गलत किसिमले फोटो छापेका कारण कारबाहीमा परेको छ । यस फोटोमा राष्ट्रपति होस्नी मुबारकले मध्यपूर्व शान्तिवार्ताको नेतृत्व गरेजस्तो देखिएको छ । शान्तिवार्ता औपचारिक रूपमा सुरु हुँदा ह्वाइटहाउसमा लिइएको फोटोमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले बाटो देखाइरहेको र होस्नी मुबारक पछि-पछि आइरहेको दृश्य छ । तर, अल-अहरम नामक इजिप्टको सो समाचारपत्रमा मुबारक रातो कार्पेटमा अघि-अघि हिँडिरहेको तथा ओबामा, इजरायली, प्यालेस्टाइनी तथा जोर्डानी नेताहरू पछि-पछि लागिरहेकोे फोटो छापिएको छ । यसरी बंग्याएर प्रस्तुत गरिएको तस्बिर 'शर्म एल्- सेखको मार्गमा' शीर्षकको लेखको शीर्षभागमा छापिएको थियो । होस्नी मुबारकले आतिथ्य प्रदान गरेको शान्तिवार्ताको मध्यस्थतासम्बन्धी बैठक इजिप्टको रेड सी रिजोर्टमा भएको थियो र त्यसमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन तथा शान्तिदूत जर्ज मिचेलले भाग लिएका थिए । विपक्षी ६ अपि्रल युथ मुभमेन्टले इजिप्टको सबैभन्दा ठूलो समाचारपत्र अल-अहरमले यसरी एकका ठाउँमा अर्को फोटो छापी गैरव्यावसायिक काम गरेको आरोप लगाएको छ ।
६ अपि्रल युथ मुभमेन्टले एक वेबसाइटमार्फत विज्ञप्ति दिँदै भनेको छ, 'भ्रष्ट शासनको मिडिया यस्तै हुन्छ, पत्रिकाले इमानदारी र सन्तुलनको लक्ष्मण रेखा नाघेको छ ।' अल-मस्री अल—युम नामक स्वतन्त्र दैनिक समाचारपत्रले राज्यसञ्चालित दैनिक अल-अहरमले मुबारक अघि-अघि र अरू पछि-पछि देखाइएको फोटोबारे 'शल्यक्रिया' गरेको छ । तर, अल-अहरमले भने वेबसाइटमा त्यस फोटोको सट्टा रेड सी रिसोर्टमा मेचमा बसेका नेताहरूको फोटो राखेको छ । समाचारपत्रका कोही पनि अधिकारी टिप्पणीका लागि उपलब्ध भएनन् । इजरायली अधिकारीले मंगलबारको बैठकका लागि मात्र शर्म एल्—शेख छनोट गरिएको र क्षेत्रीय शान्ति प्रयासमा इजिप्टको मुख्य भूमिकालाई ध्यानमा राखी त्यसो गरिएको बताएका छन् ।

No comments: