लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
लन्डन/ पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफले देश र जनताको आत्मविश्वास जगाउनका लागि आफू राजनीतिमा फर्किने प्रतिज्ञा गरेका छन् । उनले आफूले नयाँ राजनीतिक दल खोलेर आगामी निर्वाचनमा
संसद्को उम्मेदवार हुने पनि घोषणा गरेका छन् । 'कोसिसै नगरी तल पर्नुभन्दा कोसिस गरेर असफल हुनु राम्रो भन्ने कुरामा म निकै विश्वास गर्छु । हामी अहिले पाकिस्तानमा अँध्यारो नै अँध्यारो देख्छौँ, हामीले ज्योति देखाउनुपर्छ, जनतालाई अलिकति आत्मविश्वास दिन सक्ने एक सम्भव विकल्प देखाउनुपर्छ,' उनले भने ।
पूर्वसैनिक प्रमुख मुसर्रफले आफू फेरि पनि देशको राष्ट्रपति हुन सक्ने अपेक्षा गरेको खुलासा गरे । उनले त्यसअगावै पाकिस्तान फर्किने बताउँदै यसरी दल खोलेर राजनीति गर्ने काम आपना लागि जोखिमयुक्त पनि हुन सक्ने आशंका बिबिसी रेडियोसमक्ष व्यक्त गरे । उनी स्वयं पहिले राष्ट्रपति भइसकेकाले अरूलाई मौका दिए हुन्न र भन्ने प्र्रश्नको उत्तरमा उनले भने, 'पहिले म सैनिक पोसाकमा भएको हुनाले अन्तर्राष्ट्रिय समुदायबाट कम वैधता पाएँ ।'
आफू आपनाविरुद्ध लाग्न सक्ने सम्भावित मुद्दासँग डराएर आफू पाकिस्तान छाडेर नभागेको उनको दाबी थियो । हाल पाकिस्तान अत्यन्त दयालाग्दो अवस्थाबाट गुजि्रएको टिप्पणी गर्दै यो अवस्थाबाट आफूले देशलाई मुक्त गरी देशको विकास गर्ने प्रतिबद्धता पनि ६७ वर्षीय पूर्वसैनिक शासक मुसर्रफले बताए । निर्वासनमा केही वर्षयतादेखि लन्डनमा बसिरहेका पूर्वसैनिक प्रशासक मुसर्रफले भने, 'म दुई सय प्रतिशत आगामी चुनावमा उठ्छु, म मेरा लागि र दलका लागि पनि निर्वाचनमा उम्मेदवार दिने वातावरण निर्माण गर्नेछु ।'
संसद्को उम्मेदवार हुने पनि घोषणा गरेका छन् । 'कोसिसै नगरी तल पर्नुभन्दा कोसिस गरेर असफल हुनु राम्रो भन्ने कुरामा म निकै विश्वास गर्छु । हामी अहिले पाकिस्तानमा अँध्यारो नै अँध्यारो देख्छौँ, हामीले ज्योति देखाउनुपर्छ, जनतालाई अलिकति आत्मविश्वास दिन सक्ने एक सम्भव विकल्प देखाउनुपर्छ,' उनले भने ।पूर्वसैनिक प्रमुख मुसर्रफले आफू फेरि पनि देशको राष्ट्रपति हुन सक्ने अपेक्षा गरेको खुलासा गरे । उनले त्यसअगावै पाकिस्तान फर्किने बताउँदै यसरी दल खोलेर राजनीति गर्ने काम आपना लागि जोखिमयुक्त पनि हुन सक्ने आशंका बिबिसी रेडियोसमक्ष व्यक्त गरे । उनी स्वयं पहिले राष्ट्रपति भइसकेकाले अरूलाई मौका दिए हुन्न र भन्ने प्र्रश्नको उत्तरमा उनले भने, 'पहिले म सैनिक पोसाकमा भएको हुनाले अन्तर्राष्ट्रिय समुदायबाट कम वैधता पाएँ ।'
आफू आपनाविरुद्ध लाग्न सक्ने सम्भावित मुद्दासँग डराएर आफू पाकिस्तान छाडेर नभागेको उनको दाबी थियो । हाल पाकिस्तान अत्यन्त दयालाग्दो अवस्थाबाट गुजि्रएको टिप्पणी गर्दै यो अवस्थाबाट आफूले देशलाई मुक्त गरी देशको विकास गर्ने प्रतिबद्धता पनि ६७ वर्षीय पूर्वसैनिक शासक मुसर्रफले बताए । निर्वासनमा केही वर्षयतादेखि लन्डनमा बसिरहेका पूर्वसैनिक प्रशासक मुसर्रफले भने, 'म दुई सय प्रतिशत आगामी चुनावमा उठ्छु, म मेरा लागि र दलका लागि पनि निर्वाचनमा उम्मेदवार दिने वातावरण निर्माण गर्नेछु ।'
No comments:
Post a Comment