News

Sep 24, 2010

माओवादी र एमालेद्वारा नयाँ प्रक्रियाको पहल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
आश्विन ८ - माओवादी र एमालेले प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट अलग रहने जानकारी दिँदै नयाँ प्रक्रिया थाल्न सभामुख सुवास नेम्वाङलाई बिहीबार लिखित अनुरोध गरेका छन् । तर सभामुखले उम्मेदवारी फिर्ता नलिई नयाँ प्रक्रिया थालनी गर्न नसक्ने जानकारी गराएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले सभामुख नेम्वाङलाई औपचारिक पत्र बुझाउँदै बहुमत सदस्यले भाग नलिने अवस्थामा निर्वाचन गराइराख्नुको औचित्य नहुने बताएका छन् । उनीहरूले तत्काल संसद्को कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन सभामुखको ध्यानाकर्षण पनि गराएका छन् ।
दुई दलबीच असोज १ मा भएको तीनबुँदे सहमति कार्यान्वयनका क्रममा बिहीबार पुनः छलफल भएको थियो । छलफलमा दुई दलबीच अर्को चारबुँदे सहमति भएको छ । उक्त सहमतिपछि दिउँसो सवा ४ बजे दुवै नेताले सभामुखको कार्यकक्षमा पुगी आ-आफ्नो दलकातर्फबाट नयाँ निर्वाचन प्रक्रिया थाल्न आग्रह गरिएको छुट्टाछुट्टै पत्र बुझाएका थिए ।
'राष्ट्रिय सहमति जुटाउन हामी दुई दलले सहमति गरेका हौं,' सभामुखलाई भेटेपछि एमाले अध्यक्ष खनालले भने, 'त्यसअनुसार अब नयाँ प्रक्रिया अघि बढाउनुपर्छ ।' बहुमत सदस्य निर्वाचनबाट अलग रहेको अवस्थामा जति पटक चुनाव गराए पनि परिणाम ननिस्कने उनले बताए । संसद्मा माओवादीको हाल २ सय ३७ र एमालेको १ सय ८ सिट छ । दुई दल प्रक्रियाबाट बाहिरिँदा अन्य सबै दलको सिट जोडे पनि प्रधानमन्त्री चयन हुन आवश्यक बहुमत जुट्दैन ।
दुई दलको प्रक्रियाबाट बाहिरिने औपचारिक

No comments: