लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
फाल्गुन २५ - मेक्सिकन टेलिकम मालिक कार्लोस स्लिम हेलु तेस्रोपटक विश्वकै धनी व्यक्तिमा नाम दर्ज गर्न सफल भएका छन् । विश्वका धनीहरुको सूचि सार्वजनिक गर्ने 'फोर्ब्स' पत्रिकाका अनुसार ७२ वर्षीय धनी कार्लोससँग ६९ अर्ब डलर बराबरको सम्पत्ति छ । यस वर्ष पनि दोस्रो धनीमा माइक्रोसफ्ट संस्थापक बिल गेट्स कायमै छन् । ५६ वर्षीय बिल गेट्ससँग ६१ अर्ब डलर छ भने तेस्रो स्थानमा रहेका वारेन बफेटसँग ४४ अर्ब डलर बराबरको सम्पत्ति छ । फोर्ब्सको धनी सूचिमा चौथोमा फ्रेन्चका बर्नार्ड अर्नाल्ट, पाँचौमा आमासियो ओर्टेगा, छैटौंमा ल्यारी इलिसन, सातौंमा आइका बाटिस्टा, आठौंमा स्टेफन पेर्सन, नवौंमा हङकङका लि का-सिङ र दशौं धनीमा कार्ल अल्र्बेच्ट छन् ।
No comments:
Post a Comment