News

Mar 8, 2012

सात प्रदेशभन्दा बढी प्रदेश निर्माण गर्न नहुने नेपाली कांग्रेसको निर्णय

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेपाली कांग्रेसको बुधबार सम्पन्न क्षेत्रिय भेलाले संघीय राज्य पुनर्संरचना गर्दा ७ प्रदेशभन्दा बढी प्रदेश निर्माण गर्न नहुने निर्णय गरेको छ । संघीय राज्य पुनर्संरचना र मधेसका सवालमा छलफल तथा प्रशिक्षणका लागि इटहरीमा आयोजित दुई दिने भेलामा सात प्रदेश मात्र निमार्ण गर्ने निर्णय गरेको हो । उक्त कार्यक्रममा केन्द्रीय सदस्य गगन थापाले संघीय राज्य पुनर्संरचना विषयमा कार्यपत्र प्रस्तुत गरेपछि सहभागिलाई समुह विभाजन गरी राय माग गरिएको थियो । सो कार्यक्रममा सहभागीमध्यृबाट चार समूहमा विभाजन गरि धारण माग गर्दा सात प्रदेशभन्दा बढी प्रदेश निर्माण गर्न नहुने निचोड निकालेको थियो । झापा जिल्लाका सभापति उद्वव थापा, केन्द्रीय सदस्य पदमनारायण चौधरी, नेविसंघका पूर्वअध्यक्ष गुरु घिमिरे र सिराहाका महासमिति सदस्य अमर रेग्मी संयोजक रहेको समितिले जातीय आधारमा नभई पहिचान र सामथ्र्यका आधारमा संघीय राज्य निर्माण गर्नुपर्ने सुझाव राखेका थिए । थापाको टोलीमा सहभागी धनकुटाका प्रतिनिधि गोपालप्रसाद अधिकारीले बढीमा ६ राज्य हुनुपर्ने सुझाव दिएका छन् । ‘भ्याली एक राज्य र अरु हिमाल, पहाड र तराईलाई मिलाएर पाँच बनाइनुपर्ने सुझाव दिएका छन् । उनले राज्य निर्र्माण गर्दा कुनै हालतमा जातीय अग्राधिकार तथा जातीय भेदभाव हुन नहुने प्रष्ट उल्लेख छ ।’

No comments: