News

Jul 18, 2013

३ करोड धरौटी नबुझाएपछि डन गणेश लामा जेल चलान

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
२ साउन,विशेष अदालतमा मागेको ३ करोड धरौटी नबुझाएपछि डन गणेश लामालाई डिल्लीबजार सदरखोर चलान गरिएको छ । जेल जानु अघि अदालत परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामाले आफू राजनीति गर्ने मान्छे भएको भन्दै आफूलाई फसाएको दावी गरे । उनले भने-’यो सुनियोजित हो । म राजनीतिकर्मी हो । म आश गर्छु मैले अदालतबाट न्याय पाउँछु ।’ अदालतका अध्यक्ष केदारप्रसाद चालिसे तथा सदस्यद्वय मोहनरमन भट्टराई र भुपेन्द्रप्रसाद राईले इजलासले बिहीबार थुनछेक बहसपछि लामासँग ३ करोड धरौटी मागेको थियो । धरौटी नबुझाएपछि लामालाई थुनामा पठाइएको अदालतका रजिष्टार धिरबहादुर चन्दले जानकारी दिनुभयो । बहस नसकिएकाले लामालाई बुधबार प्रहरी प्रभाव सिंहदरवारमा न्यायीक हिरासतमा पठाइएको थियो । लामा बाबु, भाई र दलबलसहित बुधबार विहान अदालतमा उपस्थित भएपछि बहस सुरु भएको थियो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामासहितका ५ डनविरुद्ध गत जेठ ३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य समेत रहेका लामालाई २७ करोड १ लाख ६१ हजार अवैध सम्पत्ति कमाएको अभियोग छ । परशुराम बस्नेत २ करोड धरौटीमा छुटेका छन् भने चक्रे मिलन जेलमा छन् । अब दिपक मनाङ्गे र अभिशेक गिरीको मुद्दामा सुनुवाई हुन बाँकी छ ।

No comments: