News

Jul 28, 2013

उच्चस्तरीय राजनीतिक समितिमा क्षेत्र निर्धारणबारे छलफल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१३ साउन,उच्चस्तरीय राजनीतिक समितिको बैठक अहिले जारी छ । समितिको कार्यालय नयाँ बानेश्वरमा जारी बैठकमा निर्वाचन क्षेत्र निर्धारणका बारेमा छलफल हुने छ । दलहरुबीचको फरक फरक अडानलाई सहमतिमा ल्याउन बैठकमा पहल गरिने एमाले नेता रघुजि पन्तले जानकारी दिनुभयो । यसअघि २४० निर्वाचन क्षेत्र नबढ्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्न आयोगलाई अधिकार दिए पनि मधेसी दलहरुले बढाउनुपर्ने अडान लिएका छन् । बैठकमा आयोगका सदस्यहरुलाई पनि बोलाइएको छ । त्यस्तै नेकपा माओवादी सहितका असन्तुष्ट दलले राखेका मागका विषयमा छलफल हुनेछ । यसअघि नेकपा-माओवादीसँग भएको छलफलमा ११ र २५ बुँदे सहमति संसोधन गर्न तयार रहेको बताएका प्रमुख दलहरुले आज त्यस विषयमा छलफल गर्नेछन् । उनीहरुले राखेका मागमा कति लचक हुन सकिन्छ भन्ने विषयमा पनि आजको बैठकमा छलफल हुनेछ । नेकपा-माओवादीले यो सरकारको विघटन गरि गोलमेच सम्मेलनबाट संविधान जारी गर्नुपर्ने माग गर्दै आएको छ ।

No comments: