News

Jul 18, 2013

म्यानमारका सबै राजनीतिक बन्दी रिहा हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
१ साउन, लन्डन,म्यानमारका राष्ट्रपति थाँ सेनले म्यानमारका जेलमा रहेका राजनीतिक बन्दीलाई यसै वर्षको अन्त्यसम्ममा रिहा गरिसक्ने घोषणा गर्नुभएको छ । औपचारिक भ्रमणका लागि लन्डनमा पुग्नुभएका राष्ट्रपति थाँले म्यानमारमा सशस्त्र विद्रोह गरिरहेका जातीय समूहसँग पनि यसैहप्ता युद्ध बिराम हुने बताउनुभयो । लन्डनमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले भन्नुभयो- म तपाईँहरुलाई यो सुनिश्चित गर्न चाहन्छु कि यस वर्षको अन्त्यसम्ममा म्यानमारको जेलमा कुनैपनि राजनीतिक बन्दी रहने छैनन् । करिब आधा शताब्दिदेखि जारी रहेको सैनिक सरकारबाट प्रजातान्त्रिक सरकारका रुपमा परिवर्तनको अभ्यासमा हाल म्यानमार रहेको उहाँले बताउनुभयो । यसै हप्ताको अन्त्यसम्ममा हामीले देशव्यापी रुपमा यद्धबिराम गर्ने बताउँदै उहाँले भन्नुभयो- ६० वर्षदेखि पहिलोपटक हामीले हतियार बिसाउँदै छौँ र यो हतियार अब सायद कहिल्यै पनि उठ्नेछैन । सन् २०१० पछि म्यानमार राजनीतिक सुधारका लागि अग्रसर भइरहेको छ । सोही समयमा नै म्यानमारको सैनिक सरकारको थुनामा रहेकी त्यहाँकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई पनि जेलमुक्त गरेको थियो ।

No comments: