News

Feb 27, 2013

कोरिया पुगेका ३३ नेपाली एअरपोर्टबाटै फर्काइए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत् दक्षिण कोरिया गएका ३३ जना नेपाली त्यहाँस्थित इन्छन विमानस्थलबाटै फर्किएका छन् । सजिलैसित कोरिया जान पाएकोमा आफुलाई भाग्यमानी ठान्दै उडेका यी नेपाली कामदारलाई कोरियाली अध्यागमन कार्यालयले नियन्त्रणमा लिएर नेपाल फिर्ता पठाइएको छ । सन् २०१२ मा मात्रै यसरी ३३ जना नेपाली कामदारलाई फर्काइएको वैदेशिक रोजगार विभाग इपीएस शाखाले जनाएको छ । ती मध्ये ३२ जनालाई नक्कली पासपोर्ट प्रयोग गरेको अभियोगमा फर्काइएको हो । एक जना महिलालाई भने पहिले त्यहाँ गैरकानुनीरुपमा बसेको अभियोगमा फिर्ता पठाइएको छ । फर्किनेहरुमा बाँकी सवै पुरुष छन् । नक्कली पासपोर्ट प्रयोग गरेको भन्दै बिदेशी अध्यागमले डिपोर्ट गरेको भएपनि उनीहरु त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छैनन् । इपीएस कोरिया शाखाका निर्देशक नारायणबहादुर थापाले अनलाइनखबरसँग भन्नुभयो- उहाँले भन्नुभयो-’उनीहरु फर्किएर आएपछि हामी कहाँ आउँदैन् । कारबाही भएको हामीलाई कुनै जानकारी छैन ।’

No comments: