News

Feb 23, 2013

बेलायती प्रधानमन्त्री भारतको हिरा फर्काऊन तयार भएनन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
बेलायतको स्वामित्वमा रहेको भनिएको भारतीय हिरा बेलायतले नफर्काउने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले बताएका छन्। तीन दिने भारत भ्रमणमा रहेका बेलायती प्रधानमन्त्री क्यामरुनले बेलायतको स्वामित्वमा रहेको भनिएको भारतीय हिरा नफर्काउने बताएका हुन् । एक सय पाँच क्यारेटको कोहिनुर हिरा बेलायतले फर्काउनुपर्ने प्रसंग भारतले उठाएपछि संसारकै सबैभन्दा ठूलो हिराको रुपमा चिनिने उक्त हिरा फर्काउने विषयलाई क्यामरुनले अस्वीकार गरेको बिबिसीले उल्लेख गरेको छ। बेलायतको उपनिवेशमा रहेको अवस्थामा भारतको उक्त हिरा १९ औँ शताब्दीमा भारतबाट बेलायत पुर्याएको थियो । । अहिले लन्डन टावरमा राखिएको उक्त हिरा यस अघि बेलायती महारानीको राजमुकुट सजाउन प्रयोग गरिदै आएको थियो । भारतले उक्त हिरा फर्काउन पटक पटक आग्रह गरे पनि बेलायतले अस्वीकार गर्दै आएको छ । क्यामरुनले भने हिरा फिर्ताको विषय नउठाउँनु राम्रो हुने प्रतिक्रिया दिएको समाचार संस्थाहरुले उल्लेख गरेका छन । बेलायती उपनिवेश ताचका भारतका तत्कालीन गभर्नर जनरलले सन् १८५० मा भारतको कोहिनुर हिरा उपहार स्वरूप बेलायती महारानीसमक्ष बुझाएको पाइन्छ उक्त हिरा महारानी एलिजाबेथ प्रथमको राजमुकुटमा सजाउन प्रयोग गरिएको थियो । बेलायती अधिकारीको भारत भ्रमणताका यो विषय उठेपनि बेलायतले भने हिरा फिर्ता गर्ने सवाल अस्वीकार गर्दै आएको छ ।

No comments: