News

Feb 8, 2013

एमाओवादीको अध्यक्षमा प्रचण्ड नै, महासचिव भने बोगटी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड र महासचिवमा भने पोष्ट बहादुर बोगटीलाई चयन गर्दै एकीकृत नेकपा माओवादीको सातौँ महाधिवेशन सकिएको छ । हेटौंडामा आज सकिएको महाधिवेशनले अन्य पदाधिकारीहरुमा भने पुरानै यथावत् राखेको छ । जस अन्तर्गत उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ यथावत छन् भने सहमति नजुटेपछि अन्य पदाधिकारी चयन भएका छैनन् । आज पदाधिकारी चयनका लागि अध्यक्षमा भट्टराईले प्रस्ताव गरेका थिए भने श्रेष्ठले समर्थन गरे । त्यसैगरी प्रचण्डको प्रस्तावमा बोगटी महासचिव बने भने प्रचण्डकै प्रस्तावमा भट्टराई र श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । हेटौंडा औद्योगिक क्षेत्रस्थित कपडा उद्योगमा आइतबारदेखि जारी महाधिवेशनले ९८ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । १ सय ५१ सदस्यीय केन्द्रीय समितिका बाँकी ५३ जना भने केन्द्रीय समितिले मनोनित गर्ने बताइएको छ ।

No comments: