News

Feb 23, 2013

प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु हुँदैन : बार उपाध्यक्ष

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
फागुन १२- संविधानविद् टीकाराम भट्टराईले बहालवाला प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउनु अन्तरिम संविधानविरुद्ध हुने बताएका छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, "प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु भनेको न्याय संरचना ध्वस्त बनाउनु र प्रतिगमनलाई आमन्त्रण दिनु हो, संविधान संशोधन गरेर पनि प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिनु हुँदैन, किनभने यसले दलहरुको भूमिकालाई कमजोर बनाउँछ र राजनीतिमा दूरगामी गम्भीर नकारात्मक प्रभाव पुर्‍याउँछ। पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा नेपाल बार एसोसिएसनका उपाध्यक्ष भट्टराईले यदि प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुखको जिम्मेवारी दिइयो भने बार त्यसको विपक्षमा उभिने चेतावनी दिए।

No comments: