News

Feb 27, 2013

धरानमा सामुदायिक वन अतिक्रमण गर्नेहरुलाई प्रहरीले हटायो

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं 
धरान र विष्णुपादुका वीचमा पर्ने सर्दुखोला पश्चिम उत्तर रहेको जलकन्या सामुदायिक वनको जग्गा अतिक्रमण गर्नेहरुलाई प्रहरी प्रशासनले लखेटेको छ । उपभोक्त समुहले संरक्षण गरेको जमिन अतिक्रमण गरी बनाइएका ८ सय घर टहरा १२ दिन अघि पनि जनपद प्रहरी, शसस्त्र प्रहरी र वनविभागका कर्मचारीले भत्काएका थिए । घरटहरा भत्काए पनि अतिक्रमणकारीहरु फेरि बस्न थालेपछि पुन प्रहरीले बल प्रयोग गरी हटाएको हो । वनको खाली जग्गामा सुकुम्वासीको नाममा अतिक्रमण भएपछि माघ २३ गते वन समुह, स्थानिय राजनीतिक दल, नागरिक समाज, इलाका वन कार्यालय र धरानका प्रतिनीधिको भेलाले सामुदायिक वन क्षेत्रमा घर टहरा निर्माण गरेमा कारवाही गर्ने निर्णय अनुसार घरटहरा भत्काएको हो । विभिन्न क्षेत्रबाट सुकुम्वासीको नाममा आएका मानिसहरुले करिव १५ विगाहा खाली जमिन अतिक्रमण गरी घरटहरा बनाए पछि हट्न सुचना जारी गरेपनि नहटेपछि बल प्रयोग गरिएको थियो । सामुदायिक वनले खाली जमिनमा आँप, लिचि, सिसौ जातका विरुवाहरु समेत रोपेर संरक्षण गरेको अवस्थामा केही समुहको नेतृत्वमा वनक्षेत्र अतिक्रमण गरिएको थियो ।

No comments: