Jun 16, 2009
सामान्य कुकुरको पिछा गरेर अपराधी पक्राउ
फेटा बाँधेर हल्लाखल्ला गर्ने सांसद निलम्बित
जनताले नचुनेका झन्डै ४० प्रतिशत मन्त्रीहरु सरकारमा
अन्तरिम संविधान जारी भएपछि तीनवटै सरकारमा गैरसांसद् मन्त्री भएको नजिर पेस गर्दै अवैधानिक नभएको स्पष्टीकरण नेताले दिएका छन्। 'मन्त्री हुन सामान्यतयाः निर्वाचित हुनुपर्छ तर बाहिरियालाई पनि संविधानले अनुमति दिएको छु एमाले महासचिव ईश्वर पोखरेलले भने। यस्तो नियुक्ति अवैधानिक नभए पनि राजनीतिक र नैतिक रुपमा भने होसियार हुनुपर्ने विषय भएको धारणा उनले व्यक्त गरेका छन्। 'मन्त्री नियुक्ति र सिफारिशको स्थिति हेर्दा त्यसरी नरोजिनुपथ्र्यो भन्ने कुरा जायजै हो' उनले भने 'यस विषयमा छलफल गर्नुपर्ने बेला आएको छ।'अहिलेको मन्त्रीको सूची हेर्ने हो भने एमाले अत्यधिक संख्यामा गैरसांसद् नियुक्त गर्ने तरखरमा छ। एमालेको रोजाइमा किन गैरसांसद् पर्ने गरेका हुन पोखरेल भन्छन् 'एमालेमा मन्त्री हुन लायक धेरै बाहिरै छुटेकाले त्यसो गर्नुपरेको हो भनेर बुझ्नुपर्ला।'अहिले र पहिला पनि साना वामले मन्त्रीको कोटामा सतप्रतिशत गैरसांसद्लाई मौका दिने गरेका छन्। नेकपा मालेको उदाहरण लिने हो भने गिरिजाप्रसाद कोइरालाको सरकारमा पनि उसले गैरसांसद् जगतप्रसाद बोगटीलाई पठाएको थियो। अहिलेपनि मालेका सात सांसद्लाई छाडेर मन्त्रीमा पार्टीले डम्मरबहादुर श्रेष्ठलाई सरकारमा पठाएको छ।अन्तरिम संविधान जारी भएपछि २०६३ चैत १८ मा बनेको कोइराला सरकारले तत्कालीन जनमोर्चालाई मन्त्रीको दुई कोटा दिएको थियो। कोटा अनुसार नियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र राज्यमन्त्री शशि श्रेष्ठ दुवै गैरसांसद् थिए।
अर्को एउटा मन्त्रालय पनि टुक्राउन सहमत
राजेन्द्र फुयालको मृत्यु विषसेवनबाट मुत्यु
यद्यपि सोमबार रातिसम्म दोहोर् याएर उनको पोस्टमार्टम गरिएको छैन।काठमाडौं धर्मस्थली गाविसको भंगेरीटारमा गत जेठ २८ गते फुयाल अचेत अवस्थामा फेला परेपछि प्रहरीले उद्धार गरेको थियो। स्थानीयबासीले सनाखत गर्न नसकेका फुयालको उपचारका लागि वीर अस्पताल ल्याउने क्रममा निधन भएको थियो। पोस्टमार्टमका लागि शिक्षण अस्पताल लैजाँदा मात्र माओवादी जिल्ला सदस्य फुयालको परिचय खुलेको थियो।काठमाडौं काभ्रेस्थलीका ३७ वर्षीय फुयालको हत्या भएको दाबी गर्दै वाइसिएलले सोमबार गरेको उपत्यका बन्दले सर्वसाधारणको बिजोग भएको थियो। फुयालको मृत्यु विषसेवनबाट भएको पोस्टमार्टम रिपोर्टमा देखिए पनि शिक्षण अस्पतालले यसबारे सार्वजनिक गरेको छैन। अस्पतालका निर्देशक डा। केशव िसंहसँग सोमबार रिपोर्टबारे जानकारी माग्दा उनी पन्छिए। 'मैले यो बारेमा तपाईलाई किन भन्ने ' उनले भने 'यो कुरा बाहिर पठाउन मिल्दैन।'सार्वजनिक महत्वका घटनामा उच्चस्तरीय समिति बनेको भए समितिलाई प्रतिवेदन बुझाउनु पर्ने नत्र अस्पतालले नै यसबारे रिपोर्ट सार्वजनिक गर्दै आएका छन्।
कांग्रेसले फोरमलाई गृहमन्त्रालय दिन सुझाव
गच्छदार पक्षका तीन सभासदमाथि सार्वजनिक मुद्दा
यादब यसअघि संस्थापन पक्षमा जिल्ला कार्य समिति उपाध्यक्ष थिए । दुबै समूहका कुनै पनि कार्यकर्तालाई पक्राउ गरे तत्कालै कडा बिरोध र बन्द, हडताल लगायतका प्रदर्शन सुरु हुने भएकाले पर्सा प्रहरीले उनीहरुलाई पक्राउ गर्ने हिम्मत नगरको स्रोतको भनाई छ । आरोपित सभासदहरुले घटनाकै दिन पत्रकार सम्मेलन गरी आफूहरु उपर हातपात गर्ने व्यक्तिलाई कानुनी कारवाहीको दायरामा नल्याए सडकदेखि सदनसम्म ठूलो संघर्ष गर्ने घोषणा गरेका थिए ।
माओवादीले साशकीय स्वरुप र निर्वाचन प्रणालीबारे छलफल
प्रधानमन्त्रीले केही मन्त्रीको जिम्मेवारी हेरफेर
Jun 15, 2009
मञ्चसम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्को विस्तारित बैठक सम्पन्न
सम्मेलनपछिको प्रथम विस्तारित बैठक लिम्बुवानको विजयपुर धरान-हरियाली सामुदायिक भवन)मा विभिन्न समसामयिक एवम् महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।विस्तारित बैठक उद्घाटन-सत्रको प्रमुख अतिथिमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकारी अध्यक्ष लक्ष्मण थारु, र अथितिहरुमा मञ्चका अध्यक्ष मण्डल सदस्य, भूतपूर्व कार्यकारी अध्यक्ष तथा तामाङसालीङ स्वायत्त राज्य परिषदका अध्यक्ष डी. के. बुद्धिष्ट तामाङ, मञ्चका अध्यक्ष मण्डल सदस्य तथा खम्बुवान स्वायत्त राज्य परिषद्का अध्यक्ष इन्द्रहाङ खम्बू, अध्यक्ष मण्डल सदस्य विष्णु तुम्बाहाम्फे र मञ्चका कार्यबाहक महासचिव खगेन्द्र माखिम रहेका थिए ।विस्तारित बैठकको उद्घाटन सत्रको उद्घाटन प्रमुख अतिथि लक्ष्मण थारुले पानसमा द्वीप प्रज्वलन गरेर गर्नुभएको थियो । यही उद्घाटन सत्रमा नै मञ्चका भूतपूर्व अध्यक्ष डी. के. बुद्धिष्ट तामाङलाई लिम्बुवानको तर्फाट विदाई तथा धन्यवाद र नव स्थापित अध्यक्ष लक्ष्मण थारुलाई स्वागत तथा बधाई ज्ञापन गर्ने कार्यक्रम समेत सम्पन्न भयो ।बैठकमा लिम्बुवानका ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले जिल्लाको प्रगति प्रतिवेदनका साथ प्रस्ताव र सुझावहरु पेश गरेका थिए । त्यसैगरी, जनसंगठनहरु संघीय विद्यार्थी, युनियन लिम्बुवान रज्य समिति; संघीय लिम्बुवान पत्रकार परिषद, संघीय लिम्बुवान महिला परिषद्, लिम्बुवान भोल्युण्टियर्सलगायतको तर्फाट सांगठानिक प्रतिवेदन तथा अवधारणा पत्र पेश गरिएको थियो । साथमा, अध्यक्ष कुमार लिङदेन 'मिराक' बाट संघीय लिम्बुवान राज्य परिषद्को समग्रमा सांगठानिक प्रतिवेदन तथा बैठकका लागि प्रस्तावहरु प्रस्तुत गरिएको थियो ।संघीय लिम्बुवान महिला परिषद लागि निर्मला लिम्बू र महिला विभागको तर्फाट शान्ता योङहाङद्वारा प्रस्तुत गरिएको प्रतिवेदन तथा अवधारण पत्रलाई विस्तारित बैठकले अत्यन्तै सकारात्मक रुपमा लिँदै सो प्रतिवेदनमा आएका नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी निम्नानुसारको संघीय लिम्बुवान महिला परिषद् केन्द्रीय संयोजन समितिको गठन गरिएको छ ।माओवादीको बन्दका कारण राजधानीको जनजीवन प्रभावित
सहमति जुटाउन पाँच दलबीच बैठक जारी
कोरियाली प्रायद्वीपमा आणविक युद्ध हुनसक्ने चेतावनी
इरानमा धाँधली भएको आरोप प्रदर्शन, कयौँ गिरफ्तार
। पराजित उम्मेदवार मिर हुसेन मुसावीका समर्थकले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । पक्राउ पर्नेमा मुसावीलाई समर्थक गर्ने सुधारवादी दलका सदस्य छन् । पक्राउ पर्नेमा पूर्वराष्ट्रपति खतामीका भाइ पनि छन् । मुसावी अहिले कहाँ छन् भन्ने केही जानकारी छैन । तर, उनी देशबाहिर भएको अनुमान गरिएको छ । महमुद अहमदिनेजाद पुनः राष्ट्रपति निर्वाचित भएको विरोधमा तेहरानका सडकमा आइतबार प्रदर्शन भएको थियो । मुसावीले चुनाव परिणाम अस्वीकार गरेका छन् । साथै चुनावमा आफ्ना समर्थकलाई मतदान केन्द्रमा जानबाट रोकेको र मतगणनामा धाँधली गरेको आरोप मुसावीले लगाएका छन् । इरानमा भएको चुनावमा अहमदिनेजाद ६०.२ प्रतिशत मत प्राप्त गरेर विजयी भएका छन् । इरानमा कुल ८५ प्रतिशत नागरिकले मतदान गरेका थिए । इरानमा चुनावका बेला त्यहाँका नागरिकविरुद्ध अन्य देशले मनोवैज्ञानिक युद्ध छेडेको आरोप अहमदिनेजादले शनिबार टेलिभिजनमा भाषणमा लगाए । फुटबलर क्रिस्टियानो रोनाल्डोको अँगालोमा पेरिस हिल्टन
अर्को एउटा सपना पूरा त गरेको थियो नै, त्यसमाथि संसारकी सर्वाधिक कामुक युवती पनि उनको अँगालोमा थिइन् । प्रेमी बदल्ने मामिलामा सर्वाधिक अस्थिर पेरिस हिल्टनलाई उनले नयाँ प्रेमिका -?) का रूपमा पाएका छन् । म्यानचेस्टर छाडेको भोलिपल्टै २४ वषर्ीय रोनाल्डो र २८ वषर्ीया हिल्टन हलिउडको नाइट क्लब 'माइ हाउस' मा देखा परे । लगातार दुई दिन उनीहरूले एकसाथ रात पनि बिताए । हिल्टनको निजी निवास र होटलमा पनि केही हितैषीले रोनाल्डोको खुसीमा साथ दिए । पहिलो रात रोनाल्डो र हिल्टनको भावभंगी हेर्नेसमेत लज्जामा परेका थिए । नाइट क्लबमा उनीहरूले अनगिन्ती चुम्बन गरे । क्लब सर्दा जसरी रोनाल्डोले महँगा खेलाडीको कीर्तिमान बनाए, उनी नाइट क्लबमा पनि चुम्बनको कीर्तिमान बनाउन आतुर देखिएका थिए । क्लबमा काम गर्नेहरू नै भन्छन्, 'उनीहरू एकअर्काको मुहार यसरी चाटिरहेका थिए, लाग्थ्यो कि हवाइजहाज दुर्घटना हुँदै छ ।' महँगा स्याम्पेनका साथ नाइट क्लबमा एकसाथ खुसी मनाएपछि उनीहरू बिहान २ बजे हिल्टनकी बहिनीको घरमा गए तथा रोनाल्डो त्यहाँबाट ५ बजे बिहान मात्र फर्किए । 'त्यो रातपछि हिल्टन थकित देखिन्थिन्, जसले गर्दा भोलिपल्ट सानो भोजमात्र गरिन्,' बि्रटिस पत्रिका सनले हिल्टनका नजिकका परिचितलाई उद्धृत गर्दै लेखेको छ । त्यो सूत्र भन्छ, 'रोनाल्डो मध्यरातपछि मात्र घरमा आए । उनी दुई घन्टा त्यहाँ बसे । तर अघिल्लो रातझैं पागलपन देखिएन ।' हिल्टनको घरबाट फर्किएपछि पनि रोनाल्डोले होटलमा नजिकका मित्रहरूका साथ मस्ती गरे । हिल्टन आपना प्रेमी २४ वषर्ीय बेसबल स्टार डो रेनहर्टलाई छाडेको केही घन्टाभित्रै रोनाल्डोका साथ सार्वजनिक रूपमा 'छाडापन' मा उत्रिएकी थिइन् । तर, हिल्टनकै नजिकका मित्रहरूसमेत रोनाल्डोसँग उनको सम्बन्ध लामो नचल्ने दाबी गर्छन् ।टुहुरेको स्वागतमा माओवादी अध्यक्ष प्रचण्ड नाचे
चितुवाको छालासहित तीनजनालाई पक्राउ
हसुलियाबाट धनगढी आएका उदासीपुर गाविस-१ का हरि बोहरा, मालाखेती-७ अत्तरियाका अमर कुवँर र मसुरिया-४ बडैपुरका विष्णुराज भट्ट पक्राउ परेका हुन् । उनीहरूले बोकेको दुईवटा झोलाबाट ६ थान चितुवाका छाला बरामद गरेको कैलालीका वन अधिकृत मनबहादुर खड्काले बताए । चितुवाको छाला तस्करी भइरहेको थाहा पाएपछि तस्करको खोजी भइरहेको विशेष टोलीका नेता सहायक वन अधिकृत अम्बिका पौडेलले बताए । उनका अनुसार चितुवाको छालासहित उनीहरूलाई पक्राउ गर्न एक सातादेखि २२ जना कर्मचारी परिचालित थिए । बरामद केही छाला आलै छन् । करिब दुई महिनाअघि चितुवा मारिएको हुन सक्ने कर्मचारीको आशंका छ । एउटा छालामा भने दुईवटा गोली लागेको छ । केही छालामा जुँगा, नंग्रा र दाँतसमेत निकालिएको छैन । वन अधिकृत खड्काका अनुसार एउटा चितुवाको छालाको मूल्य ७५ हजारभन्दा बढी पर्ने सुनेको बताए । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ । ती छाला भारत लैजान लागेको वन कर्मचारीको आशंका छ । तर, पक्राउ परेका हर्क बोहराले आफूलाई दार्चुला घर बताउने मोहन धामीले झोला समात्न लगाएर भागेको बताए । 'दुई हजार रुपैयाँ दिन्छु झोला बसबाट झारिदेऊ भने, मैले झोला झार्न पनि खोजेँ, तर झार्न नपाउँदै पक्राउ परेँ ।' केही समययता सुदूरपश्चिममा वन्यजन्तु चोरी-सिकारी बढेको छ । चोरी-सिकारी रोक्न सुदूरपश्चिम क्षेत्रका वन अधिकृतसहित शुक्लाफाँटा वन्यजन्तु आरक्षका कर्मचारीले एक संयन्त्र बनाएका छन् । Jun 14, 2009
सगरमाथा आरोही जुनिता अभिनन्दित
स्वतन्त्र लिम्बुवान माग्नेको भेला
मन्त्री सेर्मालाई जातीय पहिचानको पीडा
सुर्खेतमा माओवादी स्थानीय गाउँ जनसरकार गठन
एमाले र कांग्रेसले मन्त्री र मन्त्रालय नाम प्रधानमन्त्रीसमक्ष पठाए
राष्ट्रिय निकुञ्जका गैंडा सुरक्षित भएनन्
०६४ सालको गणनायता १६ वटा गैंडा मरिसकेका छन् । निकुञ्जका अनुसार चोरी-सिकारीबाट १० वटा मारिएका र बाँकी कालगतिले मरेका हुन् ।निकुञ्ज सुरक्षाका लागि नेपाली सेना, कर्मचारी र विभिन्न्ा संरक्षणकर्मीको हिसाब गर्दा एउटा गैंडा संरक्षणका लागि ६ जना कर्मचारी पुग्छन् । तर, महिनैपिच्छे गैंडा मारिएका छन् । जेठ महिनामा मात्रै निकुञ्जका तीनवटा गैंडा मारिएका छन् । विश्वमै दुर्लभ मानिएको एकसिंगे गैंडा तथा अन्य वन्यजन्तुको संरक्षणका लागि आठ सय ५० सैनिकसहितको गोरखबहादुर गण, दुई सय सैनिकसहितको संग्रम सार्दूल गुल्म र निकुञ्जका दुई सय ७२ कर्मचारी तथा जिल्ला वन कार्यालयका कर्मचारी खटिएका छन् । यसबाहेक विश्व वन्यजन्तु कोष, तराई भू—परिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र, वन्यजन्तु संरक्षण नेपाल, वन्यजन्तु चोरी-सिकारी नियन्त्रण युवा जागरण समिति, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय उपभोक्ता समितिलगायतका दुई दर्जन बढी संघसंस्था पनि वन्यजन्तु संरक्षणकै नाममा सक्रिय छन् । कार्यपरिधि निर्धारण नहुँदा ती संस्थाले वन्यजन्तु संरक्षणको नाममा लाखौँ रुपैयाँ खर्च गर्ने गरेका छन् । तर पनि गैंडा मारिने क्रम रोकिएको छैन । मकवानपुर, चितवन, नवलपरासी र पर्सामा फैलिएको सो निकुञ्जका वन्यजन्तु संरक्षणका लागि चार सेक्टरका ४७ स्थानमा चेकपोस्ट स्थापना गरिएको छ । करिब चार किलोमिटरको फरकमा राखिएका चेकपोस्टमा निकुञ्ज प्रशासनका कर्मचारी र नेपाली सेना छन् । निकुञ्ज प्रशासनको रेकर्डमा तिनै चेकपोस्ट आसपासमा गैंडा मारिएको उल्लेख छ ।प्रमाणसहित समातिएका तस्करलाई कारबाही नहुँदा चोरी-सिकारी बढेको विभिन्न क्षेत्रबाट औंल्याइएको छ । नेचरगाइड एसोसिएसनका सचिव नकुल लामिछानेले समातिएका तस्करलाई कडा कारबाही नभएकाले गैंडा संरक्षण नभएको बताए । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष हरिभक्त घिमिरेले प्रभावकारी रूपले खटिएका कर्मचारी परिचालन नभएकाले गैंडा संरक्षणमा समस्या देखिएको बताए । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिमा राजनीति हस्तक्षेप हुनु र निकुञ्जलाई राजनीतिक भर्तीकेन्द्र बनाइनुले चोरी-सिकारी बढेको मृगकुञ्ज उपभोक्ता समितिका पूर्वअध्यक्ष वासु ढुंगानाले बताए । दुर्लभ गैंडासहित वन्यजन्तु संरक्षणमा मध्यवर्ती क्षेत्रका बासिन्दा सक्रिय हुनुपर्ने उनको भनाइ छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. नरेन्द्रबाबुमान प्रधानले पनि निकुञ्जको एकल प्रयासले मात्र वन्यजन्तु संरक्षण गर्न कठिन हुने बताए । सुरक्षा बढी भए पनि गैंडा मर्ने क्रम नरोकिएको सम्बन्धमा उनले भने, 'गैंडाको पछि-पछि कर्मचारी खटाउन मिल्दैन । स्रोत-साधन र जनशक्ति पूर्ति गर्दै आगामी दिनमा नयाँ रणनीतिसहित संरक्षणमा लाग्न विभागसँग छलफल भइरहेको छ ।' रेस्लरमा पूर्वरेस्लरको भूमिका बेजोडसँग निभाए मिक्कीले
कारण यसै वर्ष ओस्कार अवार्डको अन्तिम पाँचसम्म उनको नाम छनोट भएको थियो । भलै उनलाई पछि पार्दै 'मिल्क'का सिन पेनले 'उत्कृष्ट अभिनेता'को पुरस्कार जिते ।उत्कृष्ट अभिनयका लागि पुरस्कार नपाए पनि रेस्लरले उनको वास्तविक जीवनमा भने फाइदा नै गर्यो । वास्तविक जीवनका पूर्वबक्सर मिक्कीले सो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । त्यसबापत पूर्वरेस्लर र्यान्डी 'द राम' रविन्सनको भूमिकालाई जीवन्त बनाए उनले ।गत वर्ष नै अर्को चलचित्र आइरनम्यानले हलिउड बक्सअफिसमा तहल्का मच्चायो । सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा शीर्ष पाँचभित्र परेर । सोही चलचित्रले सुपरम्यान, स्पाइडरम्यान र ब्याटम्यानजस्ता सुपर हिरोको सूचीमा अर्को थप्यो आइरनम्यान ।आइरनम्यानको सफलतापछि त्यसको सिक्वेल बन्ने भएको छ- इरनम्यान-२ । सो चलचित्रमा प्रमुख भूमिका निभाउँदै छन् 'रेस्लर' मिक्की रोक । रेस्लरका लागि बनाएको शरीरले उनलाई फाइदा दिएको छ । नयाँ आइरनम्यानमा मिक्कीको चरित्र पागलपन रहेको रसियनको भूमिका छन् । यसबाट विश्वस्त हुन सक्छौँ उनी खलनायकको रूपमा देखापर्दै छन् । १९९६ मा बनेको बुलेटमा दाजुको मृत्युको बदलाका लागि भौंतारिएको लागूपर्दाथ दुव्र्यसनीको भूमिकालाई जीवन्त बनाएका मिक्की लामो समयपछि गत वर्ष मात्र पर्दामा देखापरेका हुन् । वास्तविक जीवनमा समेत निकै सन्की मिक्कीले गत वर्ष रेस्लिङ खेलेपछि 'वास्तविक नायक वास्तविक धरातलमा उभिएको' चर्चा चल्यो त्यतिवेला ।'जोनी ह्यान्डसम'मा एक कुरूप पात्रको भूमिकामा देखापरेका मिक्की अन्तिमपटक ल्याटिन गायक इनरिक इंग्लिसको हिरोमा खलनायकको रूपमा देखापरेका थिए । त्यसपछि आइरनम्यानमा खलनायक बनेका मिक्कीले आपनो अभिनय क्षमताबाट कतिलाई तर्साउने हुन् ? केही समय कुरौँ ।जापानमा धेरै सन्तान जन्माउनेलाई सुविधा
इरानका राष्ट्रपति महमुद अहमदिनेजाद पुनः राष्ट्रपति हुने
तेहरान/ इरानका राष्ट्रपति महमुद अहमदिनेजाद पुनः राष्ट्रपति हुने भएका छन् । शनिबार इरानमा भएको राष्ट्रपतीय चुनावमा महमुद अहमदिनेजाद विजय हुने निश्चित भएको छ । अहिलेसम्म प्राप्त मत परिणामअनुसार अहमदिनेजादले ६५ प्रतिशतभन्दा बढी मत पाएका छन् । उनका प्रतिस्पर्धी उम्मेदवार मिर हुसेन सुसावीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । मतगणनामा धाँधली गरिएको र आफ्ना समर्थकलाई मतदानकेन्द्रमा जानबाट रोकेको उनको आरोप छ । उनले ३२ प्रतिशत मत पाएका छन् । दाङको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको ज्यादती निरीक्षण टोलीको ठहर
पदमलाल विश्वकर्माको नेतृत्वमा गएको टोलीले दाङको पूर्वी नाकाको र सभासद् अमिक शेरचनको नेतृत्वमा गएको टोलीले दाङको पश्चिमी नाका क्षेत्रको स्थलगत अनुगमन गरेका थिए ।ती दुवै टोलीले सीमा अतिक्रमणका क्रममा प्राप्त भएका जानकारीलाई प्रतिवेदनका रूपमा तयार पारी सुझावसहित सरकारलाई बुझाउने बताइएको छ ।यसैबीच विश्वकर्माले नेतृत्व गरेको टोली काठमाडौं फर्किसकेको छ । शेरचनले नेतृत्व गरेको टोलीले शनिबार दाङको लमहीमा पत्रकार सम्मेलन गरी स्थलगत अवलोकनको प्राविधिक प्रतिवेदनका बारेमा जानकारी गराइएको थियो ।पत्रकार सम्मेलनमा टोली नेता शेरचनले नेपाली भूमि र जनतामाथि भारतले ज्यादती गरेको बताए ।उनले भारतीय पक्षबाट नेपालीमाथि ज्यादती भएको, सीमा अतिक्रमण बढ्दै गएको, राज्यको त्यस क्षेत्रमा उपस्थिति नभएकोलगायतका थुप्रै समस्या रहेको जानकारी गराए । Jun 13, 2009
एमाले र कांग्रेसबीच मन्त्रालय बाँडफाँटमा सहमति
गच्छेदारद्वारा गृह, संचारसहित ७ मन्त्रालय माग
बैठकले मधेशी जनअधिकार फोरम तथा सयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग विगतमा भएको सम्झौता कार्यान्वयनको लागि अनुगमन समिति तत्काल गठन गरिनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिएको मधेशका मागहरु तीन महिना भित्र कार्यान्वयन गरिनुपर्ने, समावेशी विधेयक तीन महिना भित्र पारित गरिनुपर्ने,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई क्रियाशील गर्ने तथा मधेशका माग पूरा गराउन सडक,सदन र सरकार तीन वटै मोर्चाबाट संघर्ष गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जितेन्द्र देवले बताए । त्यस्तै, मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा प्रसुति गृहको स्थापना, तराईमा व्याप्त असुरक्षा र अशान्ति नियन्त्रणमा लिएर सशस्त्र संघर्ष गरिरहेका राजनीतिक शक्तिसंग वार्ताका लागि सरकारलाई आग्रह गर्ने बैठकले निर्णय गरेको छ । मधेश आन्दोलनका क्रममा राजधानीबाट वेपत्ता पारिएका जितेन्द्र साहको यथार्थ स्थिति पत्ता लगाउन वर्तमान सरकारलाई दवाव दिने लगायतका निर्णय बैठकले गरेको छ ।
राप्रपा नेपालले पनि युवा मोर्चा गठन
आइतबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीले
।प्रधानमन्त्री नेपालले आफ्नै पार्टीले मन्त्रीहरूको नाम दिन नसकेकाले मन्त्रिपरिषद्को पूर्णतामा ढिलाइ भएको बताएका थिए । 'हाम्रै पार्टीले नाम दिन नसकेर ढिलाइ भएपछि बाहिर राम्रो सन्देश जान सकेको छैन, सकेसम्म आजै मन्त्रीहरूको नाम पार्टीबाट पठाउनुहोस्,' नेपालको भनाइ उद्धृत गर्दै बैठक स्रोतले बतायो । प्रधानमन्त्रीले टुंगो लाग्न बाँकी रहेका केही साना दलबाहेक अधिकांश जिम्मेवारी आइतबारको क्याबिनेट विस्तारमा समेटिने बताएका छन् । 'केही साना दललाई छोडेर मन्त्रिपरिषद्को विस्तार र जिम्मेवारी आइतबारसम्म टुंगो लाग्छ,' प्रधानमन्त्री नेपालको भनाइ उद्धृत गर्दै स्रोतले बतायो । सरकारको नेतृत्व गरेको एमाले आफ्नैतर्फबाट पठाउने मन्त्रीबारे अनिर्णीत भए पनि केन्द्रीय कमिटीमा तीन दिनअघिदेखि पार्टीको आन्तरिक कार्यविभाजनको कार्यसूचीमाथि छलफल भइरहेको छ । बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नै पार्टीको तर्फबाट मन्त्रीहरूको सर्वसम्मत नाम दिन नसकेकोमा नेतृत्वको आलोचना गरेका थिए । पार्टीको तर्फबाट छिटो नाम दिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन नेताहरूलाई केन्द्रीय सदस्यहरूले दबाब पनि दिएका थिए । 'प्रधानमन्त्रीलाई मुख्य नेताहरूको समेत सहमति लिएर मन्त्रिपरिषद् विस्तार गर्न सुझाव दिइएको छ,' केन्द्रीय सदस्य कर्णबहादुर थापाले नयाँ पत्रिकालाई बताए । अधिकांश सदस्यले प्रधानमन्त्री नेपाल, अध्यक्ष झलनाथ खनाल र नेता केपी शर्मा ओलीबीच सहमति गरेर मन्त्रीको नाम तय गर्न सुझाव दिएका थिए । केहीले प्रधानमन्त्री नेपाल र अध्यक्ष खनालबीच सहमति गरी मन्त्रिपरिषद्मा पठाउने नेताको नाम टुंग्याउन सुझाव दिएको स्रोतले बतायो । एमालेका कारण मन्त्रिपरिषद् विस्तार अवरुद्ध भए पनि महाधिवेशनको चार महिनापछि पार्टीको आन्तरिक कार्यविभाजनमाथि छलफल चलाएकोमा एमाले नेतृत्व आलोचित हुँदै आएको थियो । 'महाधिवेशन सकिएको चार महिनासम्म सांगठनिक जिम्मेवारी नतोकी बस्ने, जब मन्त्रिपरिषद् विस्तारमा राजनीति अड्क्यो अनि कार्यविभाजनमाथि छलफल चलाउने ? यो सन्तुलित चाल भएन,' एक केन्द्रीय सदस्यले नयाँ पत्रिकालाई बताए । पार्टीको कार्यविभाजनसम्बन्धी बुधबार प्रस्तुत प्रस्ताव परिमार्जन गर्न शुक्रबारको बैठकमा पनि केन्द्रीय सदस्यहरूले नेतृत्वलाई दबाब दिएका छन् । सुझाबहरूलाई समावेश गरी स्थायी समितिबाट सर्वसम्मत प्रस्ताव ल्याउन अधिकांशको सुझाब छ । नेता-कार्यकर्ताको रुचि, योग्यता र क्षमता हेरेर कार्यविभाजन गर्न उनीहरूले आग्रह गरेका थिए ।'नीति र व्यवहारबीचको सामन्जस्यता अनुशरण गर्नुपर्छ, कार्यकर्ता परिचालनको नीति स्पष्ट गरेर त्यहीअनुरूप जिम्मेवारी बाँड्नुपर्छ,' केन्द्रीय सदस्य घनश्याम भुसालले बैठकमा भनेका थिए । शुक्रबारको बैठकमा मुकुन्द न्यौपाने, जगन्नाथ खतिवडा, केशव बडाल, रवीन्द्र श्रेष्ठ, रघुवीर महासेठ, गोकुल घर्ती, ठाकुर गैरे, योगेश भट्टराईलगायत नेताहरूले भनाइ राखे । गायक यम बराललाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन
तामाङलाई पारिश्रमिक नै नदिई उल्टै तीन दिन थुनाएको समाचार पत्रिकाले प्रकाशित गरेपछि प्रधानमन्त्रीले त्यस्तो निर्देशन दिएका हुन् ।प्रधानमन्त्री नेपालले सचिव कुसुमलाई बिहीबार आफ्नै कार्यकक्षमा बोलाएर निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जानकारी दिए । प्रधानमन्त्री नेपालले पीडित महिलाको पारिश्रमिक दिलाउन र क्षतिपूर्तिको व्यवस्था गराउनसमेत गृहसचिवलाई निर्देशन दिएको रिजालले बताए । त्यस्तै प्रधानमन्त्रीले बराललाई सार्वजनिक माफी मगाउन र महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी शरद खत्रीमाथि पनि छानबिन गर्न सचिव कुसुमलाई निर्देशन दिएका छन् ।तर, पीडितलाई पारिश्रमिक र क्षतिपूर्ति दिलाउन भएको प्रगतिबारे जान्न खोज्दा गृहसचिव कुसुमले केही पनि प्रतिक्रिया दिन चाहेनन् । 'प्रवक्तासँग सोध्नुहोस्, मलाईभन्दा बढी उनलाई जानकारी छ यस विषयमा,' कुसुमले भने । गृहप्रवक्ता नवीन घिमिरेले प्रधानमन्त्रीले सचिवलाई दिएको निर्देशनको बारेमा आफू अनभिज्ञ रहेको बताए । 'मलाई त केही पनि थाहा छैन, थाहै नभएको विषयमा के बोलौं,' घिमिरेले भने, 'प्रधानमन्त्रीले सचिवलाई बोलाएको नै थाहा छैन ।'त्यस्तै बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सिविसले गायक बरालविरुद्ध श्रम शोषणअन्तर्गत जाहेरी दिने जनाएको छ । बालश्रम शोषण गरिएको प्रमाणित भए ६ महिना जेल सजाय र ५० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । सिविसले पीडित मनकुमारीलाई बच्चा भर्ना गर्दा लागेको १६ सय पनि दिएको छ । आइन्सटाइन र न्युटनको सिद्धान्तलाई चुनौती दिएर फर्के रिजन
गफाडी महिला स्वस्थ हुने वैज्ञानिकको अनुसन्धानले
बताएका छन् । गफ गर्दा प्रोजेस्टेरोन हर्मान बढ्छ । यो पीडा र चिन्ता कम गर्ने हर्मान हो । सामाजिक सम्बन्ध विस्तार गर्न पनि यो हर्मानले सहयोग गर्छ । युनिभर्सिटी अफ मिचिगनका वैज्ञानिकहरूको एक समूहले गफसम्बन्धी अनुसन्धान गरेको थियो । अनुसन्धानमा एक सय साठी महिलामाथि अध्ययन गरिएको थियो । दुई महिलाको एउटा समूह बनाइएको थियो । साथै, महिलालाई थप दुई ठूलो समूहमा विभाजन गरिएको थियो । एउटा समूहका महिलालाई एक-अर्कासँग आत्मीयता बढाउने खालका प्रश्न सोध्न लगाइएको थियो । जस्तै, तपाईं कसलाई सबैभन्दा बढी खाना खान बोलाउन चाहनुहुन्छ ? तपाइंको सबैभन्दा ठूलो उपलब्धि के हो ? आदि । अर्का समूहलाई बोट-बिरुवासम्बन्धी अनुसन्धान-प्रतिवेदनको प्रुफ हेर्न लगाइएको थियो । २० मिनेटपछि, दुवै समूहका महिलाको प्रोजेस्टेरोन जाँचिएको थियो । आत्मीय प्रश्न सोध्न लगाइएका महिलाको प्रोजेस्टेरोन हर्मान बढेको थियो भने प्रुफ हेर्न लगाइएका महिलाको घटेको थियो ।प्रोफेसर स्टेफेनी ब्राउन र उनका सहकर्मीले यो अनुसन्धान गरेका थिए । अनुसन्धानको प्रतिवेदन जर्नल हरमोन्स एन्ड बिह्याभियरमा प्रकाशित छ । अनुसन्धान जैविक प्रक्रिया र सामाजिक व्यवहारबीचको सम्बन्ध पत्ता लगाउन महत्त्वपूर्ण भएको ब्राउनले बताएकी छिन् । ब्राउन भन्छिन्, 'यस अनुसन्धानले बिहे गरेका वा सम्बन्धमा भएका मानिस किन खुसी, स्वस्थ हुन्छन् र लामो समय बाँच्छन् भन्ने बुझ्न सहयोग गरेको छ ।' प्रोजेस्टेरोन हर्मान पाठेघरमा उत्पादन हुन्छ । यसले महिलालाई गर्भधारणका लागि तयार गर्छ, रोगको संक्रमणबाट बचाउँछ । र, अस्ट्रोजिनको उच्च उत्पादनलाई नियन्त्रण गर्छ । अस्ट्रोजिनको उत्पादन ज्यादा भएमा क्यान्सरको जोखिम हुन्छ । Jun 12, 2009
एमाले केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाए कार्यविभाजनमा
७ साउन ०६६ मा पूर्ण खग्रास हुने
एभिन्युज टेलिभिजनका संवाददाता कुटपिट गरी घाइते
बालिका अपहरण गर्ने दुई अपहरणकारीलाई पक्राउ
ग्वान्तानामोमा राखिएका बन्दीहरूलाई चीन फर्काउनुपर्ने धारणा
बेइजिङ/ चीनले ग्वान्तानामो खाडीको बन्दी शिविरमा राखेका १७ जना उग्योर जनजातिका मुसलमान बन्दीहरू कुनै पनि तेस्रो मुलुकलाई हस्तान्तरण नगर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चिङ गाङले अमेरिकाले तेस्रो मुलुकमा आतंकवादी भनी थुनिएका बन्दी हस्तान्तरण गर्न रोक्नुपर्ने बताएका हुन् । प्रशान्त महासागरस्थित पहिलेको अमेरिकी भू-भाग पलाउले अझसम्म चीनलाई मान्यता दिएको छैन, तर उसले ती उग्योर मूलका बन्दीहरूलाई पलाउमा राख्न मन्जुर गरिसकेको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आगामी वर्षको सुरुमै ग्वान्तानामो बन्दी केन्द्र बन्द गर्ने आदेश दिइसकेका छन् । अमेरिका उग्योर बन्दीहरूलाई चीनमा यातना दिइने वा ज्यान सजाय दिइने डरले चीन फर्काउन हिच्किचाइरहेको छ । बेइजिङले उग्योर विद्रोहीहरूलाई चीनको सुदूरपश्चिम क्षेत्रमा पृथकतावादी आन्दोलन चलाइरहेको बताउँदै ग्वान्तानामोमा राखिएका बन्दीहरूलाई चीन फर्काउनुपर्ने धारणा व्यक्त गरेको छ । करिब २२ जना उग्योरलाई अमेरिकी सेनाले अफगानिस्तानमा समातेको थियो र क्युबाको ग्वान्तानामो पुर्याए तापनि चार वर्षअघि उनीहरू शत्रु लडाकु नभएको पाइएको थियो । अल्बानियाले २००६ मा तीमध्ये पाँचजनालाई पुनर्बास गराउन खोजेको थियो । तर, चीनले अल्बानियालाई सहयोग नपुर्याउने डरले गर्दा उनीहरूलाई त्यहाँ बसाल्न सकेको थिएन । अमेरिकी अधिकारीहरूले ४ जुनमा पलाउका राष्ट्रपति जोन्सन टोरिबोङलाई ती १७ जना उग्योर बन्दी स्वीकार्न आग्रह गरेका थिए । यसअघि अमेरिकी कंग्रेसले तिनीहरूलाई अमेरिकी भूमिमा मुक्त नगर्न कडा प्रतिरोध गरेका थिए । पलाउका राष्ट्रपतिले उनको सरकारले पलाउमा अस्थायी रूपले राख्न अमेरिकाको अनुरोधलाई स्वीकार गरेको र उनीहरूका गतिविधिलाई वेलावेलामा जाँच गर्ने बताएका छन् । उनले दुश्मन लडाकु नभएको पाइएका उग्योर जातीय बन्दीहरूलाई पुनर्बास गराउन आफ्नो फुच्चे देशले पाएकोमा गौरवान्वित तथा सम्मानित भएको बताएका छन् । आफ्नो मञ्जुरीलाई मानवीय संकेत भएको समेत बताए । अमेरिकाले पलाउलाई ठूलो धनराशि दिँदै आएको छ । कुल २० हजार जनसंख्या मात्र रहेको पलाउ आठ प्रमुख टापु र दुई सय ५० भन्दा बढी स-साना टापुको शृंखला हो । यो मुलुक फिलिपिन्सदेखि आठ सय किलोमिटर पूर्व प्रशान्त महासागरमा अवस्थित छ । अमेरिकासँग घनिष्ठ सम्बन्ध रहेको पलाउ सन् १९९४ मा स्वतन्त्र भएपछि स्वतन्त्र संघको सम्झौता गरेको थियो र सहायता र प्रतिरक्षा मामलामा अमेरिकामाथि पूरै निर्भर रहेको छ ।
Jun 11, 2009
दिसा खुवाउने प्रधानाध्यापिका पक्राउ
दलित महिला कल्लीकुमारी विश्वकर्मालाई बोक्सीको आरोप लगाउँदै दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोले पक्राउ परेकी छिन् । गोलेलाई प्रहरीले बुधबार ललितपुर मानभवनबाट पक्राउ गरेको हो । गोलेले प्युटार-७ की कल्लीकुमारीलाई बोक्सीको आरोप लगाउँदै गत ७ चैतमा दिसा कोच्याएकी थिइन् । गोलेलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही गरिने जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । खोलाले बगाएको गरी ४ सय ७४ सीमास्तम्भ गायब
भारतीय सशस्त्र सीमा बल -एसएसबी) को भने तराईका २० वटै र पहाडको ताप्लेजुङबाहेक पाँच जिल्लाको सीमामा उपस्थिति छ । सशस्त्रको सीमा सुरक्षा बल नभएकै कारण पछिल्लो समय दाङमा समस्या देखिएको जनाउँदै विभाग प्रमुख लामाले भने, 'दाङमा हाम्रो एसएसबी भएको भए यो समस्या नआउन सक्थ्यो । सीमा सुरक्षालाई प्राथमिकतामा राखेर राम्ररी एसएसबी परिचालन गरे यस किसिमका सीमा विवाद पूर्णरूपमा हट्न वा निकै घट्न सक्छन् ।' 'भारतीय सीमा सुरक्षा बलका अधिकारीहरूको संरक्षणमा स्थानीय भारतीयले आफ्नो जग्गा बढाउन रातारात सीमास्तम्भ नेपालतिर सार्ने गरेको पाइएको छ,' तराईको एक जिल्लामा नेपाली सीमा सुरक्षा बलको नेतृत्व गरेका सशस्त्रका एक एसपीले कान्तिपुरसित टेलिफोनमा भने । सशस्त्र प्रहरी महानिरीक्षक सनत बस्नेतले सीमामा खटिएका एसएसबीले राम्रो काम गरिरहेको बताए । 'जनशक्ति र स्रोत साधन थप भए अझ प्रभावकारी ढंगले काम गर्न सकिन्छ,' उनले भने । सशस्त्रले चीनसँगमात्र सीमा जोडिएका १२, चीन र भारतसँग सीमा जोडिएका दुई र भारतसँग सीमा जोडिएका पहाडका चार जिल्लामा पनि सीमा सुरक्षा कार्यालय स्थापनाका लागि सरकारसँग प्रस्ताव गरेको छ । भारतसँग सीमा जोडिएका तराईका चितवन र दाङमा कार्यालय स्थापनाका लागि भने प्रक्रिया अघि बढिसकेको विभाग प्रमुख लामाले बताए । जनशक्तिको अभावमा सबै स्थानमा सीमा सुरक्षा कार्यालय स्थापनाका लागि अप्ठ्यारो भएको जानकारी दिँदै गृह प्रवक्ता नवीन घिमिरेले भने, 'सशस्त्रको प्रस्तावलाई सकारात्मक रूपमा लिइएको छ । क्रमशः सीमा जोडिएका सबै जिल्लामा कार्यालय स्थापना गर्ने सरकारको सोच छ ।'
सम्पत्ति विवरण नबुझाउने १० हजार कर्मचारीलाई कारबाहीको सिफारिस
गच्छदारसहित सातजनामाथिको कारबाही अनुमोदन
इराकमा विस्फोट कम्तीमा २८ जनाको मृत्यु
मर्नेहरूमा महिला तथा बालबालिका पनि छन् । मर्नेहरूका संख्या अझ बढ्ने बताइएको छ । यसभन्दाअघि २१ मेमा बग्दादमा भएको आत्मघाती बम विस्फोटमा ३४ व्यक्तिको मृत्यु भएको थियो । यसरी लगातार भएको हमलाले इराकमा सुरक्षाको जिम्मेवारी तथा हिंसा नियन्त्रणजस्तो प्रश्न पुनः उब्जन थालेका छन् । यसै महिनाको अन्त्यतिरबाट इराकबाट अमेरिकी सैनिक फिर्ता हुने क्रम सुरु हुने बताइएको छ । इराकका सहरी क्षेत्र अब इराकी सेना र प्रहरीको जिम्मेवारीमा सुम्पिइनेछ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकाको प्राथमिकता अब इराकको सट्टा पाकिस्तान र अफगानिस्तान भएको स्पष्ट पारेका छन् ।Jun 10, 2009
संसारकै होचालाई गिनिज बुकमा नाम लेखाउने अभियान
उनलाई बुवा रूपबहादुरसहितको शुभेच्छुक टोलीले काठमाडौं ल्याएको हो । सेतो रङको दौरा सुरुवाल, कालोकोट, ढाका टोपी पहिरिएका खगेन्द्रलाई संसारकै होचा दाबी गरिएको छ ।उनी २०४९ असोज २८ मा जन्मिएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा बुवा रूपबहादुरले निहुरिंदै मायालुपूर्वक हात समाएर डुलाउँदा खगेन्द्रको टाउको मुस्किलले उनको पिंडुलासम्म पुगेको थियो । बुवाले मारेको एक फड्को पार गर्न छोरालाई चारपटक लाग्थ्यो । कुर्सीमा नढल्की बस्दा पनि खुट्टामुनि झरेका थिएनन् । कार्यक्रमकी मुख्य अतिथि परराष्ट्रमन्त्री सुजाता कोइरालाले माला पहिर्याइदिंदा पाउसम्म झरेको थियो । 'यस्तो सानो नानी अन्त कहीँ होला त ?' फूलको थुँगाजस्तै हलुंगो गरी काखीमा बोक्दै रूपबहादुरले सबैको जिज्ञासा बनिरहेका छोराबारे भने, 'त्यही भएर गिनिज बुकमा नाम लेखाउन खोजेका हौं ।' यसअघि भारतका २२ दशलमलब ५ इन्च उचाइका गुल मोहम्मदलाई गिनिज बुकमा 'संसारकै होचा' व्यक्ति दर्ज गरिएको थियो । 'अब नयाँ रेकर्ड राख्नुपर्छ' रूपबहादुरले आफ्नो छोराले मोहम्मदको कीर्तिमान तोडेको दाबी गरे, 'खगेन्द्र नै संसारकै होचो हो ।' आमा धनमायाको कोखबाट जेठो सन्तानका रूपमा जन्मदा खगेन्द्रको तौल कुखुराको अण्डाबाट निस्किएको चल्लाको जति अर्थात ६ सय ग्राम थियो । तीन दिनसम्म आमाको दूधसमेत थोपाथोपा गरेर खुवाउनु परेका खगेन्द्रलाई हत्केलामा राखेर तेल घस्दै हुर्काएको बुवा रूपबहादुर झल्झली सम्झन्छन् । 'जन्मेको आठ वर्षपछि हिँड्न थाल्यो' सबैखाले खाना खान रुचाउने छोराबारे उनले भने, '११ वर्षको हुञ्जेल बढेर यत्रो भयो, अहिले बढ्नेक्रम रोकियो ।' उनको खाना भनेको दिनमा चार गाँस भात, दुई चम्चा दाल र एक चिया ग्लास पानी मात्र हो । टाउको हल्का बंग्याएर छाती अगाडि ढल्काउँदै खगेन्द्र टुकुटुकु हिँडेको दृश्य कैद गर्दा फोटो पत्रकार रमाउँदै थिए । यतिकैमा 'काठमाडौं कस्तो लाग्यो' भनेर कान्तिपुरले सोध्दा बुवाको काखीमा बोकिएका बेला खगेन्द्रले भने, 'निकै रमाइलो ।' विकासका सुविधाबाट वञ्चित गाउँमा जन्मिएका खगेन्द्रको शरीर वर्षौंसम्म गाउँलेले मात्र देख्दै आएका थिए । उनको अवस्था थाहा पाएपछि पोखराका मीनबहादुर रानाले २०६२ फागुनमा पोखरामा जनसाधारणसामु साक्षात्कार गराएका थिए । 'हामीले धेरैतिर बुभदा उनको जस्तो शरीर भएका अन्त कतै छ्र्रैन' रानाले भने 'सरकारले पनि गिनिजमा लेखाउन सहयोग गर्नुपर्छ ।' विभिन्न गीत र नृत्यसहित धेरैजनालाई सम्मान गर्न शिखर नेपालले आयोजना गरेको कार्यक्रममा उनले त्यसो भनी रहँदा मञ्चबाट मन्त्री, सभासद, मुख्य सचिवसहित चार सय बढीतिर फर्किएका खगेन्द्रचाहिँ मुठ्ठी उचाल्दै घरी लाल सलाम त मुठ्ठी फुकाल्दै घरी जय नेपालको अभिवाददन गरी मुस्कुराउँदै थिए ।लडाकु समायोजन सरकारको पहिलो प्राथमिकता
हिन्दीलाई पनि नेपालीसरह मान्यता दिनुपर्ने माग
माओवादीले आफ्ना माग पूरा भए संसद चल्न दिने
पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने पक्राउ
पत्रकारको आवरणमा ठगी गर्दै हिँड्ने भेषबहादुर थापा पक्राउ परेका छन् । महानगरीय प्रहरीपरिसरमा थापाविरुद्ध नौ लाख ८३ हजार ठगेको दाबीसहितका आठवटा ठगीको उजुरी परेका छन् । अमेरिका पठाइदिन्छु, प्रहरीमा अनुसन्धानका क्रममा रहेको मुद्दा मिलाइदिन्छु र प्रहरीको ठेक्का पारिदिन्छु भनेर उनले रकम लिई ठगी गर्ने गरेको महानगरीय प्रहरीपरिसर काठमाडौंका एसपी नवराज सिलवालले बताए । सिलवालका अनुसार फसेको रकम फिर्ता माग गर्दा उनले पीडितलाई उल्टै अपहरण गरेको अभियोगसमेत छ ।प्रहरीका अनुसार थापा आफूलाई पत्रकारको परिचय दिन्थे । उनले आफूलाई राष्ट्रिय नयाँ विचार दैनिकको सम्पादक हुँ भनेर प्रहरीका उच्च अधिकारीसँग भेट गरी प्रहरी कार्यालयमा मुद्दा खेपिरहेका व्यक्तिका परिवारलाई प्रभावमा पारेर मुद्दा मिलाइदिने आश्वासन दिँदै रकम उठाउन सक्रिय रहेको प्रहरीको भनाइ छ । अनुसन्धानका लागि काठमाडौंको हिरासतमा रहेका राजेन्द्र गोर्खालीको केस मिलाइदिन्छु भन्दै उनको मित प्रदीप आचार्यसँग दुई लाख लिन थापा सफल भएका थिए । परिसर प्रमुख नवराज सिलवालले परिसरमा मंगलबार भने, 'केस मिलाउन दुई लाख दिँदा पनि मेरो मान्छे नछुट्ने ? भन्दै आएपछि बल्ल ठगीको रहस्य खुल्यो ।'सिलवालका अनुसार अभियुक्त थापाले आचार्यसँग 'गोर्खालीको केस मिलाउन मुद्दा शाखाका प्रहरीलाई पैसा दिनुपर्छ' भनेर दुई लाख रकम लिएर भागेका थिए । थापाले सिन्धुपाल्चोक फुल्कोटका दोर्जे शेर्पा र सोलुखुम्बुका प्रकाश केसीलाई अमेरिका पठाइदिन्छु भनेर एक लाख ६० हजार रकम ठगी गरेका थिए । पीडितमध्ये प्रकाशले थापासँग आफ्नो रकम फिर्ता माग गर्दा उनले केसीको अपहरणसमेत गरेको सिलवालले बताए । थापाले कास्की पुरानचौरका विनोद अधिकारीलाई अमेरिकी दूतावासमा जागिर लगाइदिन्छु भन्दै ४० हजार ठगेको र चितवन भरतपुरका बेली पौडेललाई अमेरिकामा सेमिनारमा पठाइदिने प्रलोभन देखाएर दुई लाख ४३ हजार ठगेको अभियोग छ ।थापाले प्रहरीलाई समेत ठगेको उनको अभियोगपत्रमा उल्लेख छ । थापाले कारबाहीमा परेका सशस्त्र प्रहरीका जितेन्द्र गजुरेल र सुरेशप्रसाद कोइरालालाई पुनर्बहाली गराइदिन्छु भनेर एक लाख १५ हजार ठगी गरेका थिए ।प्रहरीका अनुसार थापाबाट ठगिनेहरू धेरै छन् । कार्यालयमा थापाविरुद्ध उजुरी गर्न आउनेको संख्या बढिरहेको उल्लेख गर्दै सिलवालले उनको साथबाट एसएलसीको नक्कली सर्टिफिकेटसमेत बरामद भएकाले हिरासतमा राखेर अनुसन्धान अघि बढाएको बताए ।