News

Jun 6, 2009

कोचिला बन्दले जनजिवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारबाट हटेलगत्तै सडक संघर्षमा उत्रिएको एकिकृत नेकपा माओवादीको आव्हानमा भएको कोचिला बन्दले पूर्वी नेपालको जनजिवन प्रभावित बनेको छ। सडकमा नै गाडी तेर्साएर बाटो अवरुद्ध गरिएका कारण सवारीसाधन चल्न सकेको छैन्। बन्द आव्हानकर्ताले सुनसरीमा ६ वटा मोटरसाईकल र मोरङमा पत्रिका बोकेको एउटा गाडीमा क्षति पुर्याएका छन्। बन्दको बिरोधमा सुनसरीको झुम्कामा अलपत्र परेका यात्रु प्रतिकार गरेका छन्। त्यस क्रममा दुईपक्षबीच झडप समेत भएको थियो । झड्पको कारण शनिवार विहान झुम्का बजार एकघण्टा जति तनाबग्रस्त बनेको सुनसरी प्रहरीले जनाएको छ।पत्रिका बोकेको कान्तिपुरको बा।६ च ८६६६ नम्बरको टिपरलाई माओवादी कार्यकर्ताले कब्जामा लिई मोरङको बेलवारी-४ स्थित थापा चोकमा जलाइदिएका छन्। गाडीसँगै सात हजार प्रति पत्रिका समेत जलेको छ।माओवादी निकट आदिवासी, जातिय तथा क्षेत्रिय गणतान्त्रिक महासंघका कार्यकर्ता बन्द सफल पार्न सडकमा टायर बालेर प्रदर्शन गरेका छन्। 'वैदेशिक हस्तक्षेप' र 'सैनिक सर्वोच्चता'को बिरोघ गर्दै महासंघले कोचिला बन्द गर्दा पूर्वी नेपालको मोरङ, सुनसरी र झापाका जनजीवन प्रभावित बनेको छ।
बन्दका कारण हवाई यात्रा गरी विराटनगरका आएका बिदेशी नागरिकहरु विराटनगरको मुख्यभागमा रहेको होटरसम्म पुग्न चर्को रिक्सा भाडा तिर्नु परेको छ । सुनसरी-मोरङ औद्योगिक करिडोरका लागि कच्चा पदार्थ बोकेर आएका भारतीय मालवाहक ट्रकहरु सीमावर्ती जोगवनी नाकामा बन्दका कारण अलपत्र परेका छन् भने कच्चा पदार्थ उद्योगमा झारेर फर्किदै गरेका भारतीय ट्रकलाई विराटनगरको सडकमा तेर्स्याउन लगाएर बाटो 'ब्लक' गरिएको छ । विराटनगरको चोक-चोकमा टायर बालेर माओवादी कार्यकर्ताले प्रदर्शन गरेका छन्।झापा सुनसरी र मोरङका कलकारखाना, व्यापारिक र औद्योगिक प्रतिष्ठान बन्द भएका छन् । बन्दको क्रममा अप्रिय स्थिती आउन नदिन यी तीनवटै जिल्लामा जनपद प्रहरीसँगै सशस्त्र प्रहरीको पनि खटाइएको छ । दुबै प्रहरीको संयुक्त गस्ती टोली सडकमा गस्ती बढाएका छन् ।

No comments: