News

Jun 9, 2009

माधवकुमार र पुष्पकमलबीच गोदावरीमा वार्ता

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ २६ प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच अवरुद्ध संसद सुचारु गर्ने लगायतका विषयमा ललितपुरको गोदावरीमा वार्ता भइरहेको छ । मंगलबार विहान देखि सुरु भएको छलफलमा एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी नेता बाबुराम भट्टराई पनि सहभागी छन् । नेताहरुबीचको वार्ता राजनीतिक गतिरोध अन्त्य गर्ने र संसद सुचारु गर्ने विषयमा केन्द्रीत भएको स्रोतले जनाएको छ ।यसअघि पनि एमाले र माओवादीले गोदावरी मै बैठक गरी आपसी तिक्तता समाधान गरेका थिए ।

No comments: