News

Jun 6, 2009

मधेसी जनअधिकार फोरम दुई टुक्रा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सरकारविरुद्ध २५ गते मधेस बन्दको घोषणा, - दुवै पक्षबीच झडप केही समय यतादेखि पार्टी अध्यक्ष र संसदीय दलका नेताबीच बढ्दै गएको विवादले अन्ततः संविधानसभामा चौथो ठूलो दलको हैसियतमा रहेको मधेसी जनअधिकार फोरम दुई टुक्रा भएको छ। फोरका अध्यक्ष उपेन्द्र यादव पक्षधरले संसदीय दलका नेता विजय गच्छदारसहित सात जना नेतालाई पार्टीबाट निष्कासन गरेपछि विभाजनको औपचारिक बीऊ रोपिएको छ। तर नेता गच्छदारले अझै पनि फुटबाट जोगाउन अन्तिम प्रयत्न गर्ने बताउनुभएको छ। गच्छदार वर्तमान सरकारमा उपप्रधानमन्त्री एवम् भौतिक योजना तथा निर्माण मन्त्री भएपछि फोरमको संस्थापन पक्षले पार्टीको निर्णयवना सरकारमा गएको भन्दै उहाँसहित पार्टी प्रवक्ता जितेन्द्र देव, संसदीय दलका प्रमुख सचेतक रामजनम चौधरी, शरदसिं भण्डारी, रामेश्वर राय यादव, उपेन्द्र झा र रन्तेश्वर गोइतलाई पार्टीबाट निष्कासनसँगै वर्तमान सरकारलाई दिएको र्समर्थन फिर्ता दिएको घोषणा गरेको छ। सरकारको साझा न्यूनतम कार्यक्रममा हस्ताक्षर गरेको दुई दिनपछि फोरमले सरकारप्रतिको र्समर्थन फिर्ता मात्र लिएन सरकारविरुद्ध आन्दोलनको घोषणासमेत गरेको छ। अध्यक्ष यादव र सहअध्यक्ष जेपी गुप्ताले केन्द्रीय समितिको शुक्रबार बसेको आकस्मिक बैठकले गरेको निर्णयर्सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारविरुद्ध जेठ २५ गते मधेस बन्दको आहवान गरिएकोसमेत जानकारी गराउनुभयो। यादव पक्षबाट निष्कासनलगायतका जे-जति निर्णयरू भएका छन्, ती सबै अवैधानिक भएको भन्दै संसदीय दलका नेता एवम् उपप्रधानमन्त्री गच्छदारले छुट्टै पत्रकार सम्मेलनमा आज एउटा भोलि अर्को गरी अस्थिर निर्णयगर्नेबाट पार्टी, संगठन र आन्दोलन चल्न नसक्ने चेतावनी दिनुभयो। गच्छदारले अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताको असंवैधानिक निर्णये सरकारलाई कुनै अप्ठयारो पर्दैन र पर्ने सम्भावना पनि छैन, बरु वर्तमान सरकार झन् बलियो हुने दाबी गर्नुभयो।फोरम संस्थापन पक्षले भने नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवास र प्रधानमन्त्री माधवकुमार नेपालको कोटेश्वरस्थित निवासबाट कांग्रेस, एमाले, तमलोपा र सद्भावना मिलेर फोरमलाई फुटाएको आरोप लगाउँदै पार्टीको निर्णयवना गच्छदारलाई उपप्रधानमन्त्री बनाएर गम्भीर संवैधानिक उल्लंघन गरिएको आरोप लगाएको छ। राजनीतिक प्रतिबद्धताविपरीत प्रधानमन्त्री नेपालबाट विश्वासघात भएको फोरम संस्थापन पक्षको कथन छ।गच्छदारले भने केन्द्रीय समितिले राजनीतिक समितिलाई जिम्मेवारी दिएको र राजनीतिक समितिबाट १० जनामध्ये ६ जनाले आफ्नो नेतृत्वमा सरकारमा पठाउने लिखित पत्र प्रधानमन्त्रीलाई दिएपछि पार्टीको वैधानिक निर्णयाट आफू उपप्रधानमन्त्री भएकोमा अध्यक्ष यादव हडबडाएर आवेशमा आई जथाभावी बोल्नु नेतृत्वमा हुनुपर्ने क्ष्’मता नभएको टिप्पणी गर्नुभयो।राजनीतिक समितिका ६ जना नेता, अन्य केन्द्रीय नेता र सभासद्लाई साथमै लिएर साँझ रिपोर्र्टर्स क्लबमा पुग्नुभएका उपप्रधानमन्त्री गच्छदारले पत्रकारहरूलाई भन्नुभयो- ‘यादवजीहरूले आवेशमा आएर गरेको निर्णयफिर्ता नलिएमा केन्द्रीय समिति र संसदीय दलको बैठकबाट उनीहरूका लागि पनि ठोस निर्णयगरिनेछ।’ उहाँले पार्टीबाट यादव र गुप्ताहरूलाई कारबाही गर्ने तथा नेतृत्व परिवर्तन गर्ने तहसम्मका कार्य हुने चेतावनीसहितको संकेत दिनुभएको थियो।‘पार्टी एकताका लागि यादवले २८ जना सभासद्को हस्तँक्षर गराएको कुरालाई गच्छदारले विरोधमा भनी गलत प्रचार गरिएको छ, यदि पार्टी एकताको हस्तँक्षर गराउन त यादवबाहेक सबै सभासद्को हस्तँक्षर म तत्काल गराउन सक्छु’, गच्छदारको भनाइ थियो- ‘२८ मध्ये ७ जनाको हस्तँक्षर पनि नक्कली हो।’अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताले गच्छदार मालदार मन्त्रालय खोजेर पैसा कमाउन सरकारमा गएको, हिजो अन्य पार्टीबाट बहिष्कृत भएर फोरममा आएको र फोरममा आएदेखि नै पार्टी कब्जा गर्ने रणनीतिमा लागेको गम्भीर आरोपसमेत लगाउनुभयो। अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताको आरोपका सम्बन्धमा नेता गच्छदारले को-कहाँबाट कसरी आएको भन्ने कुराको चिरफार समय आउँदा गरौंला भन्नुभयो।फोरममा ३५ सदस्यीय केन्द्रीय समिति, १० सदस्यीय राजनीतिक समिति र ५३ सदस्यीय संसदीय दल छ। संसदीय दल र राजनीतिक समितिमा गच्छदारको बहुमत छ भने केन्द्रीय समितिमा यादवपक्षको बहुमत छ। पार्टी प्रवक्ता रहेका जितेन्द्र देवले पछिल्लो स्थितिमा केन्द्रीय समितिमा पनि यादव अल्पमतमा परेको दाबी गर्नुभएको छ।संस्थापन पक्षले नेताहरूलाई पार्टीबाट निष्कासन, सरकारलाई दिएको र्समर्थन फिर्ता र प्रतिपक्षमा बस्ने घोषणा गरेपछि गच्छदार पक्षको शुक्रबार साँझ बसेको बैठकले संसदीय दलको बैठक बोलाएर अध्यक्ष यादव र सहअध्यक्ष गुप्ताको निर्णयउल्टयाउने र उनीहरूले आफै निर्णयफिर्ता नलिए कारबाही गर्ने योजना बनाएको बुझिएको छ।संसदीय दलका नेता गच्छदारले ३२ जना सभासद्को हस्तँक्षरसहित सरकारमा सहभागी हुने गरी आफूलाई दिएको र्समर्थन घट्ने होइन झन् बढ्ने बताउनुभएको छ। उहाँका अनुसार संस्थापन पक्षले २८ जनामध्ये मधुसूदन अग्रवाल, रामप्रसाद यादव, ओमप्रकाश यादव, तिलक रावल, सन्ध्या देव र आशाकुमारी सरदारको नक्कली हस्ताक्षर देखाएको छ।पार्टी प्रवक्ता जितेन्द्र देव अध्यक्ष यादव माओवादीका अध्यक्ष प्रचण्डको पुच्छर भएर हिँड्न खोजेको तर आफूहरूले रोक्न खोज्दा यो दुर्भाग्यपूर्ण स्थितिमा पार्टी आएको भन्दै अझै पनि उहाँहरूमा सकारात्मक सोच आउने विश्वास व्यक्त गर्नुभयो।शंखमूलमा रहेको केन्द्रीय कार्यालय भने गच्छदार पक्षले कब्जा गरेको छ। शुक्रबार बिहान कार्यालय पुगी नेता गच्छदारले ताला फोडी कब्जामा लिनुभएको थियो। गच्छदारको कार्यालय प्रवेशलगत्तै दुवै पक्षबीच झडप भएको थियो। गच्छदारको गाडीका सिसा पनि फुटेका थिए। गच्छदार आफ्ना मान्छेहरू राखेर निस्किनुभएको थियो। अध्यक्ष उपेन्द्र यादवले भने पार्टी कार्यालय पुगेर गच्छदार भागेको जानकारी गराउनुभयो।

No comments: