News

Aug 7, 2009

नयाँ संविधान नबन्ने चेतावनी माओवादी अध्यक्षको

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पोखरा, साउन २३ - एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सेनापति थमौति गर्ने राष्ट्रपतिको कदमबारे सदनमा बहस नभए नयाँ संविधान नबन्ने चेतावनी दिएका छन् । राष्ट्रिय स्वाधिनता, लोकतान्त्रिक मूल्य मान्यता, शान्ति प्रक्रिया र संविधान निर्माणका लागि माओवादीले उठाएका मुद्दा गम्भीर भएकाले त्यसमा बहस नभए कुनै पनि हालतमा संविधान नबन्ने उनले दावी गरे ।पार्टीको मगरात र तम्बुवान राज्यका सदस्यहरुलाई प्रशिक्षण दिन पोखरा आएका दाहालले शुक्रबार बिहान पत्रकार सम्मेलनमा आफ्नो प्रस्ताव बारे सदनले गर्ने जुनसुकै निर्णय मान्य हुने बताए । सदनमा प्रस्ताव बारे छलफल हुनासाथ नागरिक सर्वोच्चता स्थापित हुने उनको तर्क थियो ।

No comments: