News

Aug 19, 2010

पूजा लामा बनिन् आम्ना फारुकी धर्म परिवर्तनले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नायिका, मोडल तथा गायिकाको परिचय बनाएकी पूजा लामाले धर्म परिवर्तन गरेकी छिन् । बुद्धिस्ट परिवारमा जन्मिएकी पूजा दुई महिनाअघि मुस्लिम भएकी हुन् । दुई महिनाअघि उनी कतार, दोहाबाट नेपाल फर्किएकी थिइन् । अभिनय, गायन तथा मोडलिङजस्ता विविध क्षेत्रमा स्थापित पूजाले बुद्ध धर्ममा खोट देखेर धर्म परिवर्तन गरेको नभै मुस्लिम धर्मका धेरैवटा राम्रा पक्ष देखेर धर्म परिवर्तन गर्ने निर्णय लिएको साप्ताहिकलाई बताइन् । २८ वर्षीया पूजा लामा विभिन्न कारणले चर्चामा आइरहन्छिन् । प्रतिभा त छँदैछ, त्यसबाहेक अन्य स्क्यान्डलहरूले पनि पूजा लामालाई समाचारमा ल्याइरहेको हुन्छ । आत्महत्याको प्रयासदेखि सेक्स स्क्यान्डलसम्मका घटनाले उनलाई चर्चामा ल्याएका छन्, तर सबै घटनामा स्पष्ट भएर वास्तविकता बताउन तयार हुने पूजा आफ्नो निजी जीवनको यो मोडसम्म आइपुग्दा चर्चामा आउने रुचि नभएको बताउछिन् ।

No comments: