News

Aug 13, 2010

बेलायती नयाँ राजदूत जोन टक्नट् आई पुगे नेपाल

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
श्रावण २८ २०६७,बेलायती नयाँ राजदूत जोन टक्नट् आफ्नो कार्यभार सम्हाल्न शुक्रबार बिहान आई पुगेका छन् । यसअघिका राजदूत एन्ड्रु हलको अवधी सकिएर फर्केपछि जोन आएका हुन् । परराष्ट्र मन्त्रालयका सहायक शिष्टाचार महापाल र बेलायती चार्ज डे'अफेयिर्सले त्रिभूवन विमानस्थलमा उनको स्वागत गरेका थिए । 'नेपालजस्तो संस्कृति र इतिहासको धनी देशमा सेवा गर्न पाउँदा म गौरवान्वित भएको छु । म बेलायत र नेपालका जनतालाई अझ निकट ल्याउने आशा गर्दछु' टक्नट्को भनाइ बेलायती दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । उनीसंगै उनकी श्रीमती रिटा-लीना पनि छन् । सन् १९७७ मा परराष्ट्र सेवामा प्रवेश गरेका जोन यसअघि ग्लोवल इन्भेष्टमेन्ट कन्फरेन्स २०१० का निर्देशक थिए । सन् २००७ देखि ०९ सम्म उनले इराकको राजधानी बग्दादमा मिसन उपप्रमुखको रुपमा काम गरेका थिए ।

No comments: