लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
धरान, श्रावण २६ - जातीय राजनीतिक आन्दोलन गर्दै आएका खम्वुवान राष्ट्रिय मोर्चा र खम्बुवान डेमोक्रेटिक फ्रन्ट वीच भेडेटारमा भएको दोश्रो चरणको एकता वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सुनसरी
र धनकुटाको सिमानामा पर्ने भेडेटारको एक होटलमा एकता वार्ता भए पनि दुवै पक्षले आफ्नो अडान नछाडे पछि विना निष्कर्ष वार्ता टुङ्गिएको हो । दुवै संगठनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले मध्यस्थता गर्दै आएका छन् ।
भेडेटारमा विना निष्कर्ष वार्ता टुङ्गिए पछि बुधबार खरामोका प्रवक्ता राजन वान्तवाले चोइटिएर गएको फ्रन्टसंग राजनीतिक, सैद्धान्तिक, नीतिगत र ऐतिहासिक सवाल स्पस्ट नभएकाले वार्ता सफल हुन नसकेको बताए । तर फ्रन्टका अध्यक्ष इन्द्रहाङ खम्बुले आफुहरुले समान पार्टी बनाएकोले एकिरण शव्द प्रयोग गर्नुपर्ने बताए । दोश्रो चरणको वार्ता असफल भए पनि दुवै संगठन एकिकरण गर्नै पर्ने अवस्था आएकाले फेरि अनौपचारिक छलफल गरेर चाडै एकिरणको घोषणा हुनेमा आफु विश्वस्त रहेको फ्रन्टका अध्यक्ष इन्द्रहाङ्ले बताए ।
र धनकुटाको सिमानामा पर्ने भेडेटारको एक होटलमा एकता वार्ता भए पनि दुवै पक्षले आफ्नो अडान नछाडे पछि विना निष्कर्ष वार्ता टुङ्गिएको हो । दुवै संगठनलाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिम्बुवान राज्य परिषद्का अध्यक्ष कुमार लिङ्देनले मध्यस्थता गर्दै आएका छन् ।भेडेटारमा विना निष्कर्ष वार्ता टुङ्गिए पछि बुधबार खरामोका प्रवक्ता राजन वान्तवाले चोइटिएर गएको फ्रन्टसंग राजनीतिक, सैद्धान्तिक, नीतिगत र ऐतिहासिक सवाल स्पस्ट नभएकाले वार्ता सफल हुन नसकेको बताए । तर फ्रन्टका अध्यक्ष इन्द्रहाङ खम्बुले आफुहरुले समान पार्टी बनाएकोले एकिरण शव्द प्रयोग गर्नुपर्ने बताए । दोश्रो चरणको वार्ता असफल भए पनि दुवै संगठन एकिकरण गर्नै पर्ने अवस्था आएकाले फेरि अनौपचारिक छलफल गरेर चाडै एकिरणको घोषणा हुनेमा आफु विश्वस्त रहेको फ्रन्टका अध्यक्ष इन्द्रहाङ्ले बताए ।
No comments:
Post a Comment